पोखरा । तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको तेस्रो दिन मंगलबार एपिएफ र त्रिभुवन आर्मीले शीर्षस्थान कायम गरेका छन् ।
राउन्ड रोविन लिग आधारमा भएको खेलमा महिलातर्फ त्रिभुवन आर्मी र पुरुषतर्फ एपिएफ क्लब शीर्षस्थानमा छन् । २ खेल जितेको आर्मी ६ अंक साथ शीर्षमा रहँदा २ खेल नै जितेको एपिएफ समान ६ अंक साथ सेट पोइन्ट आधारमा दोस्रो स्थानमा छ । महिलातर्फ ४ टिमको सहभागिता रहेको प्रतियोगितामा गण्डकी प्रदेश र न्यु डायमण्ड अंकविहीन छन् ।
५ टिमको सहभागिता रहेको पुरुषतर्फ ३ खेलमा तीनै खेल जित्दै ९ अंकका एपिएफ शीर्षस्थानमा छ । २ खेलमा १ जीत निकाल्दै समान ३ अंकका साथ गण्डकी दोस्रो र आर्मी तेस्रो स्थानमा छ । ३ खेल खेलेर २ अंक जोडेको नेपाल पुलिस चौंथो र २ खेलेर १ अंक जोडेर सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब, श्रीलंका पुछारमा छ ।
महिला र पुरुष दुवै टिममा लिगको शीर्षस्थानमा रहने टोलीले चांैथो स्थानको टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्दा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ ।
मंगलबार महिलातर्फ एपिएफ र आर्मी विजयी हँुदा पुरुषतर्फ नेपाल पुलिस र एपिएफले जीत हात पारेका हुन् ।
महिलातर्फ पहिलो खेलमा एपिएफले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले डायमन्डलाई २५–१५, २५–२० र २५–७ को सेटमा जितेको हो । सोमबारको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको एपिएफले ६ अंक जोडेको हो । उक्त खेलमा प्लेयर अफ दी म्याच एपिएफकी सरस्वती चौधरी र स्पाइक अफ दी म्याच निरुता ठगुन्ना भइन् ।
दोस्रो खेलमा त्रिभुवन आर्मीले गण्डकीलाई २५–१०, २५–१६ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो । आइतबार न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हराएको आर्मी ६ अंक जोडेको हो । उक्त खेलमा आर्मीकी साफिया पुन प्लेयर अफ दी म्याच आर्मीकै सुनिता खड्का स्पाइक अफ दी म्याच भइन् ।
पुरुषतर्फ पहिलो खेलमा नेपाल पुलिसले सेन्ट जोसेफ वाज स्पोर्टस्लाई ३–२ को सेटमा पराजित ग¥यो । पुलिसले २५–१९, २५–२५, २३–२५, १९–२५ र १३–१५ को सेट झेल्नुप¥यो । अघिल्ला २ खेल हारेको पुलिसले ३–२ को सेटमा खेल जित्दै २ अंक जोडेको हो । खेल ५ सेटमा पुगेकाले राउन्ड रोविन नियमअनुसार श्रीलंकाको टिमलाई पनि १ अंक मिलेको हो । सो खेलमा पुलिसका रविन चन्द प्लेयर अफ दी म्याच र सेन्ट जोसेफका काभिस्का फर्नान्डो स्पाइक अफ दी म्याच भए ।
यस्तै, गण्डकी प्रदेशलाई एपिएफले ३–१ अर्थात् २५–१९, २५–२३, २०–२५ र २५–१९ मा पराजित गरेको छ । लगातार ३ खेल जितेको एपिएफको ९ अंक पुगेको छ । खेलमा एपिएफका एपिएफका प्लेयर अफ दी म्याच र एपिएफकै टेकराज अवस्थी स्पाइक अफ दी म्याच भए ।
बुधबार महिलातर्फ गण्डकी र डायमण्ड, त्रिभुवन आर्मी र एपिएफ प्रदेश तथा पुरुषतर्फ गण्डकी र त्रिभुवन आर्मी, एपिएफ र श्रीलंकाको टिम भिड्दै छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१