नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज केन्द्रीय अध्यक्षमा गोकुल पराजुली

आदर्श समाज सम्वाददाता
माघ १०, २०७९
gokul

पोखरा ।  नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको केन्द्रीय अध्यक्षमा गोकुल पराजुली निर्वाचित भएका छन् । पूर्वी नवलपरासी निवासी  वरिष्ठ कविराज निरीक्षक पराजुलीले आफ्ना प्रतिस्पर्ध‍ी राम श्रेष्ठ राय यादवलाई पराजित गरेका हुन् । पराजुलीले २ सय १२ मत ल्याएर विजयी हुँदा  रायले १ सय ८१ मत पाए ।

२५ जनाको केन्द्रीय समिति रहेको आयुर्वेद समाजको वरिष्ठ उपाध्यक्षमा महेश थापा, महिला उपाध्यक्ष सविता निरौला श्रेष्ठ, गैरसरकारी तर्फको उपाध्यक्षमा यमलाल भट्टराई विजयी भए ।

महासचिवमा नवीनकिरण भुसाल निर्वाचित भए ।  कोषाध्यक्षमा धिरेन्द्र कुमार सिंह, सचिब खुल्लामा राम नारायण प्रसाद र गैरसरकारी सचिवमा श्याम सुन्दर झा निर्वाचित भएका छन्। नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजमा देशभरका १० हजार स्वास्थ्यकर्मी आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width