कुलपति रनिङ सिल्डमा इन्द्र राज्यलक्ष्मी सेमीमा

आदर्श समाज सम्वाददाता
माघ १०, २०७९
Kulpati Running-Shield Day 2.

पोखरा । इन्द्र राज्यलक्ष्मी मावि कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार क्वाटरफाइनलमा छोरेपाटन माविलाई ३–० ले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको हो । जीतमा दिनेश घर्तीमगरले २ र कमल घर्तीगरले १ गोल गरे । दिनेशले १२ औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै उनले गोलअन्तर दोब्बर पारे । खेलको ३९ औं मिनेटमा राज्यलक्ष्मीका कमल घर्तीमगरले थप गोल गरेका हुन् ।

गण्डकी विश्वविद्यालयको आयोजनामा गरेको सो प्रतियोगितामा सहिद स्मृति आवासीय मावि, भद्रकाली मावि र कालिका मावि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सहिद स्मृतिले विन्ध्यवासिनीलाई १–० मा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । भद्रकालीले पोखरा आदर्शलाई २–०, कालिकाले प्रतिभालाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै