हिसान फुटसल छनोट सुरु

आदर्श समाज सम्वाददाता
माघ ७, २०७९
hissan futsal

पोखरा । हिसान गण्डकी आयोजनामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनोट प्रतियोगिता सुरु भएको छ । शुक्रबार १३ खेल भए ।

प्रतियोगिताको हिसान गण्डकी अध्यक्ष रमाकान्त बरालले रेफ्री सन्तोष गुरुङलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे ।

सविन मेमोरियल क्लब व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा बालोदय माविले मदरल्याण्ड माविलाई १–० ले गोलले हरायो । दोस्रो खेलमा लिटिल स्टेपले स्टेप बाइ स्टेपलाई २–०, स्पाइरल ग्यालरीले मर्निङस्टारलाई ट्राइबेकरमा हराएको छ ।

चौंथो खेलमा सगरमाथाले न्यु मोडललाई ४–१, केफले न्यु ग्यालेक्सीलाई ३–२, शिशु निकेतनले मदरल्यान्ड ‘ए’ लाई ३–०, माउन्ट अन्नपूर्णले हिल प्वाइटलाई ४–१, जेसिएले पोखरा मल्टिमोडललाई ४–१ ले हराउँदै अर्को चरणमा प्रवेश गरेका छन् । २९ टिमले सहभागी प्रतियोगितामा ९ औं खेलमा डाइमन्डेल न्यु लाइटलाई २–१ ले, सिर्जनाले बालकल्याणलाई ४–१, नेपाल आदर्शले रेम्बो एकेडेमीलाई ४–३, ग्लोबल कलेजियटले पोखरा आदर्शलाई ७–३, कास्की मोडनाइजले सोसल पब्लिकलाई ५–० हरायो ।

प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीले सहभागीता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । जिल्लास्तरीय प्रतियोगिताको विजेता र उपविजेता टिम र उत्कृष्ट खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सन्तोष पराजुलीले बताए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उनले बताए । विजेताले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । गैह्रापाटनमा रहेको वि–फिट फुटसलमा छनौट प्रतियोगिता चलेको छ । कार्यक्रममा हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, हिसान कास्कीका निर्वतमान अध्यक्ष डा. रामजी शर्मा, सचिव ढाकाराम कँडेल लगायतले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोगी हुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै