पोखरा १ मा वक्तृत्वकला

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
pokhara 1

पोखरा । महिला सहजीकरण समिति पोखरा १ को आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

वडाका विभिन्न आमा समूहमा आबद्ध ११ जना महिलाबीच भएको प्रतियोगितामा विष्णुमाया लामिछाने प्रथम, हरिचोक आमा समूहकी हरिमाया आचार्य द्वितीय, अभियान महिला समूहकी सरस्वती रिमाल तृतीय र कामना जागरण आमा समूहकी उमा पोख्रेल सान्त्वना स्थानमा रहेको समितिका सचिव लक्ष्मी पौडेलले जानकारी दिइन् । विजयी प्रतियोगीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का अध्यक्ष सहारा प्रधान, समितिका अध्यक्ष विष्णुकुमारी आचार्य, वडा सदस्य शोभा गुरुङ, जुमकाजी गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

वडाध्यक्ष प्रधानले वडाका महिला दिदी बहिनीको व्यक्तित्व तथा नेतृत्व विकास गर्न कुनै कसर बाँकी नराख्ने बताए । समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जुमकाजी गुरुङ, इन्द्रेणी एकीकृत विकास संस्थाका अध्यक्ष भानुभक्त अधिकारी, रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष जीवन अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश परिषद् सदस्य शिशिर पौडेल, निर्णायक समितिका संयोजक मानबहादुर क्षेत्रीले नेतृत्व विकासका लागि भाषण कला महत्वपूर्ण रहेको बताए । समितिका उपाध्यक्ष निर्मला सुवेदीले स्वागत तथा सचिव लक्ष्मी पौडेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै