१७ औं सफल पोखरा म्याराथन : एकैपटक २० हजार जना दौडिने

आदर्श समाज सम्वाददाता
पौष २०, २०७९
Marathan News Photo

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी सुरु भएको छ ।

संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी आगामी फागुन ६ मा हुने म्याराथन तयारी सुरु भएको जानकारी दिएको हो । मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथनमा पहिलो पटक चिप्सको प्रयोग गर्न लागिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताअन्तर्गत खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिप्सको प्रयोग हुनेछ । उक्त चिप्स नेपाल रन युकेले सहयोग गर्ने भएको छ ।

म्याराथनमा ८ इभेन्टमा एकै पटक प्रतियोगिता सञ्चालन हुने उनले बताए । ‘पोखरालाई खेलकुद पर्यटन प्रवद्र्धनरुपमा विकास गर्न, वर्षको एक दिन पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहरकै उत्सवरुपमा विकास गर्न चाहन्छौं,’ पराजुलीले भने, ‘८ वटा इभेन्ट एकै दिन सञ्चालन गर्नेछौं ।’

यसपालि खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ हाफ म्याराथन महिला, १० किमी महिला/पुरुष, विद्यालयस्तरीय छात्र/छात्रा ५ किमी, महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौडसँगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुनेछ ।

सिटी म्याराथनरुपमा परिचित हुँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विजेतालाई यसपालि पुरस्कार राशिमा वृद्धि

खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको समेत व्यवस्था गरिएको मञ्च महासचिव कृष्ण तिमल्सिनाले बताए । पोखरा म्याराथनमा यसपालि एकै पटक २० हजार जना दौडने लक्ष्य आयोजकको छ ।

सिटी म्याराथन अवधारणामा आयोजना हुँदै आएको नेपालकै जेठो पोखरा म्याराथनमा यस वर्ष पुरस्कार राशिसमेत वृद्धि गरिएको छ । म्याराथन खुलातर्फ पहिलोले ५ लाख, दोस्रोले ३ लाख, तेस्रोले २ लाख र चौथोले ३० हजार प्राप्त गर्ने छ । खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको उनले बताए । महिला हाफ म्याराथनमा समेत पहिलो, दोश्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार प्राप्त गर्ने छन् ।

५ किमी महिला तथा पुरुष, ५ किमी छात्रछात्रा दौड, ह्विल चियर र दृष्टिविहीन महिला तथा पुरुष दौड हुने र सबै दौडमा पुरस्कार राशि वृद्धि गरिएको मञ्चले जनाएको छ ।

प्रतियोगितालाई सुजल डेरीले २०७२ देखि मुख्य प्रायोजन गर्दै आएको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

पत्रकार सम्मेलनमा मञ्चका निवर्तमान अध्यक्ष एवं प्रदेश खेलकुद परिषद्का संस्थापक सदस्यसचिव तेजबहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट लगायतले प्रतियोगिताको विविध पक्षबारे जानकारी गराएका थिए । यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एन्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यताप्राप्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै