नयाँ विमानस्थल सञ्चालनमा आएसँगै सराङकोट, तोरीपानी र तामागीबाट प्याराग्लाइडिङ उडान बन्द

आदर्श समाज सम्वाददाता
पौष १९, २०७९
Paragliding Pkhr

प्याराग्लाइडिङ उडान गर्दै पर्यटक । फाइल फाेटाे ।

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सरकारले सराङकोटसहित ३ ठाउँबाट प्याराग्लाइडिङ उडान बन्द गराएको छ । अब पोखराको मान्द्रढुंगाबाट मात्रै प्याराग्लाइडिङ जउडान हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मान्द्रेढुंगा प्यालाग्लाइडिङ जोनलाई मात्र कायम राखी अन्य सबै जोन बन्द गर्ने निर्णयसहितको पत्र लेखेर नेपाल हवाई खेलकुद संघलाई यस बारेमा जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलका लागि कन्ट्रोल एयर स्पेसमध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइल भित्र एउटा मात्र प्याराग्लाइडिङ जोन कायम राखी अन्य सबै जोन बन्द गरिएको हो ।

प्राधिकरणले मान्द्रेढुंगामा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र प्याराग्लाइडिङ उडान गर्न सकिने गरी समय तोकेको छ । यहाँका लागि पनि १ महिनाका लागि मात्र परीक्षणका लागि खुला गरिएको प्राधिकरणले जनाएको छ ।

हवाई सुरक्षा सुनिश्चितताका लागि भन्दै प्राधिकरणले गरेको यो निर्णयले पोखराका प्याराग्लाइडिङ कम्पनीहरु विस्थापित हुनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width