आहारारा गोल्डकप सुरु

आदर्श समाज सम्वाददाता
पौष १४, २०७९
aaha

पोखरा । मोफसलको प्रतिष्ठित २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु भएको छ । २ दशकदेखि निरन्तर आयोजित यो प्रतियोगिताले यहाँको खेलपर्यटनमा ठूलो महत्व राख्छ ।

पोखरा रंगशालामा १० दिनसम्म चल्ने फुटबल प्रतियोगितामा विभिन्न १० टिमले भाग लिएका छन् । बेलुन उडाएर प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा खेलकुदको सहरको रुपमा विकास भएको बताए । उनले १ जनवरीमा यहाँ अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनसँगै खेलपर्यटनले थप टेवा दिने विश्वास राखे ।

उद्घाटन समारोहमा एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले यसपालि देशका ३ ठाउँमा ए डिभिजन लिग खेलाउने तयारी भएको बताए । यस्तै, राखेप बोर्ड सदस्य राजेश गुरुङ, प्रतियोगिता मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, आयोजक सहारा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज), वरिष्ठ उपाध्यक्ष विश्वराज बराल, महासचिव रामजीप्रसाद अधिकारीलगायतले बोलेका थिए ।

यसपालि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार (५० हजारसहित) अनन्त तामाङलाई प्रदान गरियो । यसबैचीच, सहारा फुटबल एकेडेमीको लागि सहारा क्लब हङकङले ३ लाख सहयोग गरेको छ भने रामबजार ज्येष्ठ नारिक समाज केन्द्रबाट ५० हजार प्रदान गरेको छ । प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको क्लबको अनुमान छ । विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच पुरस्कार ८ हजार तथा फाइनलको म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिनेछ भने टिमलाई १० हजार दिइनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै