पोखरा । प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा आइतबार फाइनलमा बागलुङलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो ।
पहिलो सेट २१–२५ ले गुमाएको स्याङ्जाले दोस्रो र तेस्रो सेटमा समान २५–२३ ले जित्दै खेलमा फर्किएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको चौंथो सेट बागलुङले ३०–२८ ले बाजी मारेको थियो । फाइनल सेटमा बागलुङ १५–१३ अंकले पछि पर्दै उपविजेता बनेको हो । त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा नवलपुरले कास्कीलाई पारजित गर्दै तेस्रो भएको थियो । प्रतियोगितामा कास्की नवलपुरसँग २५–२२, २५–१६ र २६–२४ अंकले हार्दै सात्वनामा सीमित भयो ।
उपाधि विजेता स्याङ्जाले २ लाख, उपविजेता बागलुङले १ लाख, तृतीय भएको नवलपुरले ५० हजार र सात्वना भएको कास्कीले २५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडी जिल्ला भलिबल स्याङ्जाका टिम क्याप्टेन हरि पाण्डे चुनिए । उनले २० हजार रुपैयाँ साथमा ट्रफी र मेडल प्राप्त गरे । उत्कृष्ट सर्भर नवलपुरका टिम क्याप्टेन घनश्याम चौधरी, उत्कृष्ट ब्लकर स्याङ्जाका देवु राना, लिव्रो राजन दलार्मी मगर, स्पाइकर बागलुङका प्रकाश सुनार, सेटर बागलुङका टिम क्याप्टेन मीन सुनार र उत्कृष्ट टिम कोच स्याङ्जाका राजेन्द्र शर्मा घोषित भए । उनीहरु नगद १०/१० हजार पुरस्कार प्राप्त गरे ।
गएको पुस ६ देखि सुरु प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक गण्डकीका ९ जिल्लाको प्रतिनिधित्व थियो । नेपाल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वय र राष्ट्रिय खेलकुद परिषदको समन्वयमा भएको प्रतियोगिताबाट बचत रकम महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने अध्यक्ष नवीनकुमार गुरुङले बताए । सो प्रतियोगिताबाट यही पुस २४ देखि सुरु हुने एनभिए कप राष्ट्रिय भलिबल प्रतियोगिता र माघ ८ देखि हुने टाइगर कप भलिबल प्रतियोगिताका लागि समेत खेलाडी छनोट गरिने छ ।
Related News
सम्बन्धित समाचार
भलिबलको सेमिफाइनल समीकरण
इन्टरबटालियन भूपू भलिबलको उपाधि १/५ जिआरलाई
पाेखरामा इन्टर बटालियन भूपू भलिबल सुरु
मादीको स्थापना दिवसमा भलिबल प्रतियोगिता
टाइगर कपमा पुरुषतर्फ गण्डकी र टिप टप हेल्प नेपालबीच उपाधि भिडन्त
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१