युनाइटेड कप सुरु

आदर्श समाज सम्वाददाता
पौष ७, २०७९
united cup

लमजुङ । लमजुङमा १४ औं युनाइटेड कप खुला महिला तथा फुटबल प्रतियोगिता सुरु भएको छ । युनाइटेड बिच युवा क्लबले तमु ल्होसार अवसरमा मस्र्याङ्दी गाउँपालिका–२, घनपोखराकास्थित केकेम खेलमैदानमा युनाइटेड कप तथा सांस्कृतिक कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रतियोगिता उद्घाटन गर्दै विगतमा कोरोना भाइरस संक्रमणका कारण खेलकुद गतिविधि शून्य भएकाले अब गाउँपालिकाले यस्ता गतिविधिमा जोड दिने बताए । खेल क्षेत्र महत्वपूर्ण भएकाले गाउँपालिकाले प्राथमिकतामा राखेर योजना बनाउने बताउँदै गाउँपालिकाले पालिकाभित्रका युवालाई समेटेर आफ्नै फुटबल टिम बनाउने तयारी गरेको जानकारी दिए ।

घनपोखराकास्थित केकेम खेलमैदानमा युनाइटेड कप तथा सांस्कृतिक कार्यक्रम सुरु भएको हो

आयोजक क्लब अध्यक्ष भक्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मस्र्याङदी गाउँपालिका–२ का वडाध्यक्ष चेतबहादुर गुरुङ, ३ का वडाध्यक्ष प्रेमबहादुर बस्नेत, जिल्ला खेलकुद विकास समिति अध्यक्ष योगबहादुर गुरुङ (कालु), माथिल्लो खुदी जलविद्युत आयोजनाका सहायक प्रोजेक्ट म्यानेजर रमेश सुवेदी, माथिल्लो खुदी जलविद्युत आयोजना सरोकार तथा समन्वय समिति अध्यक्ष प्रेमबहादुर गुरुङ, मस्र्याङ्दी गाउँपालिका युवा तथा खेलकुद विकास समिति अध्यक्ष रवि थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उद्घाटन सत्रको मैत्रीपूर्ण फुटबलमा आयोजक खुदीस्थित सिर्जनशील युवा क्लबले १–० गोलअन्तरले हराएको छ । प्रतियोगितामा पुरुषतर्फ १९ टिमले भाग लिएका छन् ।

प्रथमलाई १ लाख ५० हजार, द्वितीयलाई १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ५/५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै, महिलातर्फको खेलमा प्रथम पुरस्कार १५ हजार, द्वितीयलाई १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । महिला टिमका लागि बिहीबारम्म दर्ताको समय दिइएको छ ।

कार्यक्रमको संचालन सचिव पुष्पराज गुरुङ र स्वागत सदस्य मनप्रसाद गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै