भूमेश्वर आविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष ३, २०७९
Bhumeshwar

पोखरा । पोखरा १९ घार्मीमा रहेको भूमेश्वर आधारभूत विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु शोभामोहन पौडेल, डिल्लीराम पौडेल, रामचन्द्र पौडेल, राजकुमार पौडेल, माधव पौडेल, पोषराज पौडेल, अक्षयकोषदाता होमनाथ आचार्य, हरेराम घिमिरे, पूर्व प्रधानाध्यापक वैकुण्ठ पौडेल, पूर्व शिक्षक शुभद्रा आचार्य, पूर्णभद्र आचार्यलाई सम्मान गरिएको छ ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस क्षेत्रकै जेठो विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय सरकारको साथ सदैव रहने विश्वास व्यक्त गरे । उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या न्यून भएकोमा चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आर्कषण बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक दुर्गाप्रसाद पौडेलले वार्षिक प्रतिवेदन पेस गरेका थिए भने सञ्चालन शिक्षक माधवप्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभा माविमा नमुना मतदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । बिहीबार मध्यान्हको समय । विद्यालय प्राचार्यले सम्पूर्ण विद्यार्थी मतदातालाई लाइनमा बस्न आग्रह गरे । एकातिर छात्रा र अर्कोतिर…
  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…

hero news full width