बागलुङको होटलमा ३ नावालिका बलात्कृत

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७९
baran_gang_rape_2018311_83714_11_03_2018_Fotor

पोखरा । पर्वत कुस्माका ३ जना नाावालिकाहरुलाई बागलुङको एक होटलमा जबर्जस्ती करणी गरेको अभियोगमा पोखराका ३ जना किशोरहरु पक्राउ परेका छन् । बालिका र आरोपित किशोरहरु  १६/१७ वर्ष उमेर समूहका हुन् ।

ती किशोर र बालिकाबीच पहिलेदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान थियो । साथीको जन्म दिन मनाउन भन्दै पोखराबाट ती किशोरहरु २४ मंसिरमा बागलुङ पुगेका थिए । त्यहाँ ती ३ जना किशोरीहरु र ३ जना किशोर बागलुङ–२ समिट चोकस्थित एक हाेटलमा सोही राति बास बसेका थिए । एक्कासि बालिकाहरु हराएको भन्दै अभिभावकहरुले खोजी थालेकोमा बागलुङस्थित सो होटलमा पुग्दा उनीहरु बलात्कृत भएको खुलेपछि प्रहरीलाई खबर गरिएको प्रहरी स्राेतले जनायाे ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा राखेर अनुसन्धान सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए । एसएसपी चौधरीका अनुसार पीडितको तर्फबाट बारदात भनिएको स्थान बागलुङ भएकाेले जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी परेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width