फ्रान्स र मोरक्को सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७९
francce

पोखरा । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फ्रान्सले मोरक्कोसँग भेट सुनिश्चित गरेको हो ।

गएराति नै भएको तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गसिकेको छ ।
पहिलो सेमिफाइनलमा भने क्रोएसिया र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी ३२ राष्ट्रमध्ये २८ राष्ट्र उपाधि होडबाट बाहिरिइसकेका छन् । फाइनल पुस ३ मा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width