पोखरा । गोलकिपर लिभाकोभिच नायक बन्दा क्रोयसिया विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । पाँच पटकको उपाधि विजेता ब्राजिललाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै क्रोयसिया अन्तिम ४ मा प्रवेश गरेको हो ।
शुक्रबार राति कतारको एजुकेसन सिटी स्टेडियममा ११७ औं मिनेटमा बराबरी खेलेर क्रोयसियाले अन्ततः पेनाल्टी सुटआउटमा ब्राजिलको छैटौं उपाधि जित्ने सपनामा चकनाचुर पारेको हो । हारपछि ब्राजिल घर फर्किन बाध्य भएको छ ।
अब क्रोएसियाले अर्जेन्टिना र नेदरल्याण्डसबीच हुने दोस्रो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ। यसअघि क्रोएसियाले अन्तिम १६ को खेलमा जापानलाई पेनाल्टी सुट आउटमै हराएको थियो ।
क्रोयसिया कीपरले ब्राजिलका रोड्रिगोको प्रहार बचाएका थिए भने माक्र्विन्होसको प्रहार पोस्टमा लाग्न पुगेको थियो । क्रोयसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरेका थिए ।
निर्धारित समयमा गोलरहित बराबरी भएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा ब्राजिलका लागि नेमारले गोल गरेका थिए । ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने पेलेको कीर्तिमानी समेत उनले बराबरी गर्न सके । तर ब्राजिल अग्रता कायम राख्न सकेन ।
खेलको ११७ औं मिनेटमा क्रोयसियाका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पेटकोभिचले बराबरी खेलेका हुन् ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१