स्टेप बाइ स्टेप माविमा खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७९
step by stepf

पोखरा । स्टेप बाइ स्टेप मावि पोखरामा ३४ औं वार्षिक खेलकुद प्रतियोगिता आइतबार सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यालयका खेलकुद शिक्षक इच्छा गुरुङलाई फुटबललगायत खेलकुद सामग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिन् ।

संस्थापक प्रिन्सिपल बरालले खेलकुदको महत्वमाथि प्रकाश पार्दै नेपालीले आफूलाई खेलकुद मार्फत् विश्वमा धेरै ठूला सम्पन्न देशहरुलाई समेत पछाडि पारी परिचित बनाउन सफल भएको र यस विद्यालयले उत्पादन गरेका विद्यार्थी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीका रुपमा विभिन्न क्लबहरुमा अनुबन्धित भएको बताइन् ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले स्वास्थ्यका लागि खेल उद्गारलाई मनन् गर्दै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ बनाउन सकिने बताए । विद्यालयमा पढाइको साथसाथै खेलकुदको पनि ज्यादै महत्व भएकाले वर्षभरि नै समय तालिका बनाएर खेलकुद सञ्चालन गर्दै आएको उनको भनाइ थियो । विद्यार्थीहरुको खेलकुदको सीपलाई अभिवृद्धि गर्ने हिसाबले यस किसिमको खेलकुद प्रतियोगिताको आयोजना गरिएको हुनाले सम्पूर्ण विद्यार्थीहरुलाई अनुशासित भई खेलहरुमा संलग्न हुन उनले निर्देशन गरे ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य दीपक गिरीले स्वागत मन्तव्य र विद्यालयका कोर्ओडिनेटर सूर्यप्रसाद लम्सालले भनाइ राखेका थिए । प्रतियोगिताको पहिलो दिन फुटबल, भलिबल, सय मिटर। २ सय मिटर दौड, रिले दौड, टेबल टेनिस, डोरी तान्ने खेल, चम्चा दौड, बेलुन फुटाई, मिठाई दौड आदि प्राराम्भिक चरणका खेलहरु सम्पन्न भएको थियो । विद्यालय प्रांगणका साथै मालेपाटन खेलकुद मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा विद्यालयका खेलकुद शिक्षकका संयोजकत्वमा विभिन्न शिक्षकहरुद्वारा खेलहरु खेलाउने र प्रतियोगितामा खेलका विभिन्न चरणहरु ३ दिनसम्म सञ्चालन भई यही मंसिर २० गते मंगलबार सम्पन्न हुने प्रतियोगिताका सहसंयोजक शिक्षक रामचन्द्र शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width