पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार साताै अधिवशनले नकर्मीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । कमिटी उपाध्यक्षमा शकुन्तला श्रेष्ठ, सचिवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुण्यप्रताप शाह र सहसचिव कल्पना आचार्य निर्वाचित भए ।
सदस्यमा विष्णु काफ्ले, जमुना पौडेल, सन्तोष बराल, सृजना तिवारी, गीता नहर्की, शान्ति चौधरी, दीपिका गुरुङ, विजय पौडेल, चित्रा उप्रेती र कृष्ण रानालाई चयन गरेको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रीय अध्यक्ष उमेश गिरीले निर्वाचितलाई पद तथा गोपनीयताको सपथ गराए ।
कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्री संयोजक, युनियनका केन्द्रीय सल्लाहकार कमिटी सदस्य मन्जु आचार्य, युनियनका केन्द्रीय सदस्य गोविन्दनाथ योगी, जिफन्ट पोखरा महानगर कमिटी अध्यक्ष सूर्यप्रसाद उपाध्याय, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्य, युनियनका सल्लाहकार सुभास नेपाल र शशिकला लामिछाने सदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन गराएको हो ।
कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष गिरीले युनियन व्यवस्थापन पक्षले चलाउने खालको बन्न नहँुने बताउदै सक्षम नेतृत्वको खोजी गर्नुपर्ने बताए ।
जिफन्ट गण्डकी अध्यक्ष खत्रीले मजदुर आन्दोलनकै बलमा आज मजदुरले १ लाखसम्मको निशुल्क उपचार र ७ लाखसम्मको दुर्घटना बिमा सुविधा प्राप्त गरेको बताए ।
हिमालय आँखा अस्पताल ब्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राखेर पेसागत हकहितको लागि संगठित हुन आग्रह गरे ।
युनियन अध्यक्ष प्रेमकुमार नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगी, हिमालय आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. इलिया श्रेष्ठ, युनियनका केन्द्रीय सदस्य गोविन्दनाथ योगी, नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपाल अध्यक्ष अमृत पौडेल लगायतले बोलेका थिए । युनियन उपाध्यक्ष पार्वती गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अनिलकुमार सिंहले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१