पोखरा, २५ कात्तिक । आसन्न चुनावलाई लिएर पोखरामा शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको छ ।
गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजामा भएको गोष्ठीमा प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा विभिन्न दलले गरेको चुनाव बहिष्कार लगायत कार्यक्रम सुरक्षा चुनौतीको रुपमा रहेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले चुनाव बहिष्कार गर्ने नेकपा विप्लव, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा नेपालको कार्यक्रम सुरक्षा चुनौतीको रुपमा रहेको बताए ।
उनका अनुसार कास्कीमा कुल १ सय ५० ओटा मतदान स्थल रहेकोमा तीमध्ये अति संवेदनशील ५० ओटा रहेका छन् । यस्तै संवेदनशील ४० र सामान्य ५१ ओटा मतदानस्थल रहेको प्रजिअ केसीले जानकारी दिए ।
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेशका गृहमन्त्री डोबाटे बिक, गृह मन्त्रालयका गृहसचिव विनोदप्रकाश सिंह लगायतको उपस्थिति छ । गोष्ठी शुक्रबार नै सकिनेछ ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१