शारीरिक सुगठनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्दै पोखरेली सुजन

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७९
body building sujan

पोखरा, २१ कात्तिक । पोखराका सुजन शिल्पकार नेपालीको लागिमात्र नभइ, विश्वभरका शारीरिक सुगठन अथवा बडी बिल्डिङका लागि नौलो नाम होइन । गएको २ महिनामा एक दर्जन बढी अवार्ड जितिसकेका उनी आगामी नोभेम्बर १८ देखि २० सम्म इन्डोनेसियामा हुने बल्र्ड च्याम्पियनसीप–२०२२ को तयारीमा छन् ।

१६ वर्षको उमेरदेखि शारीरिक सुगठनलाई सोख र जीवनको अभिन्न अंग बनाएका उनी स्वास्थ जीवन सम्पत्ति हो भन्ने कुरामा विश्वास राख्छन् । त्यहि उनको आत्मविश्वासले एकपछि अर्को सफलताको खुड्किलो चढाएको छ ।

पर्सनल फिटनेस ट्रेनर विषयको अध्ययन पूरा गरी हाल उनी पर्सनल फिटनेस ट्रेनर रुपमा कार्यरत छन् ।

इन्डोनेसियामा हुँदै गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झन्डा बोकेर सहभागी हुन जान लागेको र यसले एकल प्रयासमा पनि देश चिनाउन पाउँदा आफूलाई गौरव हुने उनले बताए ।
नेपाल सरकार र खेलकुदलाई हेर्ने सरकारी निकायको आँखामा नपरेका सुजनले फेरि पनि यसप्रति खास गुनासो राखेनन् । उनले भने, ‘म निस्वार्थ भावले मनमा नेपाल र हातमा नेपाली झन्डा बोकेर खेलिरहेछु । आशा छ एकदिन देशले र मेरा युवा साथीहरुले यसलाई अपनत्व लिनुहुनेछ ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै