सहारा क्लब पोखराको टोलीको बिदाइ

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७९
313932416_1021032925966216_2708150409206316183_n

पोखरा, १७ कात्तिक । सहारा क्लब पोखराको टोली मोरङमा हुने बेलबारी बुद्ध इन्टरनेशनल गोल्डकपमा भाग लिन त्यसतर्फ प्रस्थान गरेको छ । सहारा क्लब पोखरामा बिहीबार साँझ उनीहरुलाई बिदाइ गरियो ।

क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज), वरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले प्रतियोगितामा सफलताको कामना गर्दै सहाराको कीर्ति फैलाउन शुभकामना दिए ।

सुनिल रानामगर प्रशिक्षक रहेको टोलीमा बिमल थापा, सरोज योन्जन, आशीष गुरुङ, रणदीप पौडेल, अतीत भण्डारी, भीषण गुरुङ, जय गुरुङ, दीपेश आले, अभीषेक राना, मुकुन्द निउरे, सुमित श्रेष्ठ छन् । यस्तै, फुटबल टिममा नवराज धमेल, जीवन रायमाझी, विशाल नेपाली, भगवत चौधरी, रमन थापा, आशीष लिम्बु, शान्तराम गुरुङ सहभागी छन् । टिम म्यानेजर अतीत गुरुङ हुन् भने अफिसियल सिद्धार्थ थापा छन् । मोरङ जाने टोलीमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिति सदस्य नारायण शाहीको पनि सहभागिता छ ।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको प्रतिष्ठित सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी समेत संचालन गर्दैै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै