आर्वामा सांस्कृतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७९
jagaran

पोखरा । दसैं तथा तिहारका अवसरमा पोखरा १३ आर्वास्थित जागरण आमा समूहको भवनमा प्रस्तुत गरिएको विविध सांस्कृतिक कार्यक्रम तिहार, नेपाल संवत् तथा छठको अवसर पारेर समापन गरिएको छ ।

आर्वाली आदर्श नाट्य केन्द्र र मोहरपानी आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा भएको सांस्कृतिक कार्यक्रमसँगै ‘हाम्रो समाज’ नाटकको भाग २ प्रदर्शन गरिएको थियो । नाटकमा ३३ जना स्थानीय कलाकारले अभिनय गरेका थिए । नाटक लेखन तथा निर्देशन शिवराज बरालले गरेका हुन् ।

कार्यक्रममा स्थानीय तथा चर्चित कलाकारको सांगीतिक प्रस्तुति, विभिन्न नृत्यहरु, हास्य प्रहसनका साथै लोक दोहोरी कलाकारहरु अम्मर धिताल, रामजी पौडेल, कृष्ण भट्टराई, कमला सुनार, लक्ष्मी नेपालीलगायतले लोक दोहोरी गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा १३ का अध्यक्ष किरण बरालले यस प्रकारका कार्यक्रमलाई वडाले सधैं साथ दिने बताए ।

आर्वाली आदर्श नाट्य केन्द्रका संयोजक शिवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विक्रम बरालले सञ्चालन तथा श्री मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width