हंशवाहिनी माविमा सरसफाइ

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७९
sarsafai newss

पोखरा । शुक्लागण्डकी नगरपालिका वडा नं २ एक्लेखेत तनहुँस्थित हंशवाहिनी माविमा अभिभावकको सक्रियतामा सरसफाइ गरिएको छ ।

विद्यालयको फराकिलो प्रांगणसँगै व्यवस्थित कम्पाउन्ड रहेको परिसरमा घाँस बढेर झाडी भएकोमा शिक्षक विद्यार्थीको प्रयासबाट मात्र सरसफाइ सहज नभएको अवस्थालाई दृष्टिगत गर्दै अभिभावकको सक्रियतामा सरसफाइ गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको अगुवाइमा अभिभावकको सहभागितामा सरसफाइ गरियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं शुक्लागण्डकी नगरपालिका २ का वडा अध्यक्ष सुमनबहादुर रानाले सबैको साथ र सहयोगमा विद्यालयको सर्वांगीण विकास गर्न सकिने बताउँदै आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त जनाए ।

कार्यक्रमबारे प्रकाश पार्दै शिक्षक अभिभावक संघका अध्यक्ष शंकर पन्तले विद्यालय सबैको साझा संस्था भएको बताउँदै यसको संरक्षण र विकास सबैको प्राथमिकतामा पर्नुपर्ने बताए ।

कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज पौडेलले विद्यालयको भौतिक एवं शैक्षिक विकासका लागि सबैको साथ सहयोग रहने बताए ।

विद्यालयका निमित्त प्रधानाध्यापक ठाकुरप्रसाद खनालले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य शान्ता लामिछानेले स्वागत गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width