पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि कार्यक्रम गरेको छ । कार्यक्रम सुरु हुनुभन्दा अघि ब्यानर र पम्लेटसहित ¥यालीको आयोजना गरिएको गरियो । र्याली सुरु नहुँदै वर्षा सुरु भयो । तर सिमसिमे पानीको प्रवाह नगरी सामुदायिक प्रहरी सेवाका प्रतिनिधि, आमा समूह, युवा क्लब, विभिन्न कलेज र विद्यालयका विद्यार्थी, विभिन्न संघसंस्थाका कर्मचारी लामबद्ध भए । अनि सुरु भयो, आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि र्याली ।
पोखरा रंगशालादेखि सुरु भएको र्याली कान्तिपुर पार्टी प्यालेसमा पुगेर टुंगिएको थियो । पार्टी प्यालेसको हलमा औपचारिक कार्यक्रम आयोजना भयो । त्यहाँ आत्महत्या रोकथामका लागि ऐक्यबद्धता जनाउनेहरुको ठेलमठेल थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्मा, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला लगायत उपस्थित थिए ।
प्रदेशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. वसन्त ढुंगानाले आत्महत्या रोकथाम र न्यूनीकरणसम्बन्धी प्रस्तुतीकरण राखेका थिए ।
प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ७ सय ९२ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या केही घटेको भए पनि आत्महत्या रोकथाममा अझै चुनौती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी डिएसपी तिवारी बताउँछन् ।
आव २०७७/०७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका थिए । २०७४/०७५ सालदेखि नै बढ्दै आएको आत्महत्या दर अघिल्लो आवमा केही घटेको उनको भनाइ छ ।
नेपालमा अहिले पनि दैनिक १९ जनाले जीवनबाट बिरक्तिएर आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ । विश्वभर सेप्टेम्बर १० लाई विश्व आत्महत्या रोकथाम दिवसरुपमा मनाइँदै आएको छ । नेपालले पनि बर्सेनि यो दिवसमा ऐक्यबद्धता जनाउँदै आएको छ ।
नेपाल सरकारले दिगो विकास लक्ष्यमै समेटेर सन् २०१५ देखि २०३० सम्म आत्महत्याको दर १६.५ प्रतिशतबाट घटाएर ४.७ प्रतिशत पुर्याउने गरी विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । यो पटक ‘आत्महत्या रोकथामका लागि काम गरौं, आशाको सिर्जना गरौं’ नारा तय छ । यही नारामा आधारित रहेर नेपालमा विभिन्न कार्यक्रम गरिने भएको छ । तर कार्यक्रम बनाएरमात्र आत्महत्या रोकथाम गर्न नसकिने त्यसका लागि परिवारले साथ दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समाज परिवर्तनसँगै आएको खराब विषय आत्महत्या नियन्त्रण गर्नु चुनौती रहेको बताए । स-साना कुराहरुले आत्महत्याको बाटो राज्ने र सानै कुराले त्यसबाट पछि हट्ने भएकाले परिवार र नजिकका व्यक्तिहरु सजग हुनुपर्ने उनको भनाइ थियो । नेपालमा आत्महत्या गर्नेको तथ्यांक डरलाग्दो भएकोले यसलाई वृद्धि हुनबाट रोक्न तीनै तहको सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । यसमा गण्डकी प्रदेशको सहयोग रहने उनले जानकारी दिए ।
आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले गरिबी, अवैध सम्बन्ध, छुवाछुत, घरेलु हिंसा, पारिवारिक तनाबलगायतले आत्महत्या बढेकाले आर्थिक संबृद्धि बढाउँदै आत्महत्याका कारण निर्मूल पार्नुपर्ने बताए । यसको नियन्त्रण र रोकथाममा आम नागरिक एकजुट हुनु आवश्यक रहेको उनको भनाइ थियो ।
मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले आत्महत्याका शंका लागेका परिवार चनाखो हुनुपर्नेमा जोड दिए । उनले दुरुत्साहनको मुद्दा चलाउँदा पनि विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१