पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल–भारत सम्बन्ध राजनीतिक सम्बन्धभन्दा उच्चस्तरको रहेको बताएका छन् ।
नेपाल–भारत मैत्री संघको आठौं केन्द्रीय मैत्री सभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सामाजिक र सांस्कृतिक हिसाबले समेत दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गरे । नेपालका लागि सबैभन्दा धेरै सहयोग गर्ने देश भारत नै भएको भन्दै उनले भारतलाई जति गाली ग¥यो उति राष्ट्रवादी भइन्छ भन्ने सोच गलत भएको बताए । पछिल्लोपटक ल्याउन लागिएको नागरिकता विधेयक पास भए भारतीयका कारण नेपाल फिजी बन्छ भन्ने भनाइमा पनि सत्यता नभएको उनले बताए ।
उनले भारतले पनि नेपाललाई पुरानो जमानाको नेपालजस्तो गरी व्यवहार नगर्न सचेत गराए । ‘नेपाललाई भारतीय संस्थापन पक्षले २००७ साल वा २००८ सालतिरको जस्तो नेपाल नसोचोस्,’ उनले भने । नेपालकोे मुक्तिनाथ र भारतको केदारनाथजस्ता धाम र अन्य थुप्रै कारणले समेत भारत र नेपालबीच धार्मिक सम्बन्ध पनि उत्तिकै प्रगाढ रहेको बताउँदै उनले यो अटुट सम्बन्धलाई कुनै पनि अतिवादबाट जोगाउन जरुरी भएको बताए ।
गण्डकी प्रदेश सरकारले मेडिकल कलेज स्थापनाको काम अगाडि बढाइसकेको बताउँदै उनले भारतबाट यस प्रदेशमा कुनै मेगा प्रोजेक्टका लागि सहयोग गरे नेपाल भारत सम्बन्धमा थप प्रगाढता आउने भनाइ राखे । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट खालको भएको स्मरण गराउँदै भारतका हरेक राज्यबाट मुक्तिनाथको दर्शन गर्न भारतीय तीर्थालु आउने गरेको बताए । पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने अभियानमा प्रदेश सरकार रहेको पनि उनले जानकारी गराए ।
कार्यक्रममा विभिन्न २५ जनालाई सम्मान
प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरको सम्बन्ध भएको बताए । मैत्री संघका अध्यक्षसमेत रहका उनले भारतले नेपालका लागि नाकाबन्दी गर्दा र अन्य समस्याका समयमा समेत समन्वयकारी भूमिका खेलेको स्मरण गराए । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले चुरेको क्षयीकरण अहिलेको समस्या भएको बताए । मधेश प्रदेशलाई जोड्ने गरी नेपाल–भारत मैत्री पुल निर्माणका लागि समेत उनले सुझाव राखे ।
भारतीय राजदूतावासका प्रथम राजनीतिक सचिव नवीनकुमारले नेपाल र भारत दुई देश एक समाज भएको भनाइ राखे । यो सम्बन्ध थप प्रगाढ हुँदै जाओस् भनी उनले कामना गरे । भारतीय जनता पार्टी दिल्लीका प्रवक्ता शिव वर्धनले नेपाल भारतबीचको सम्बन्ध युगौंयुग पुरानो रहेको बताउँदै यो सम्बन्धलाई पर्यटन प्रवद्र्धनका लागि समेत सदुपयोग गर्न सकिने भनाइ राखे ।
मैत्री संघका कार्यवाहक अध्यक्ष इन्जिनियर शैलेन्द्रमोहन झाको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष तुलबहादुर साउद, अर्का उपाध्यक्ष एवं गण्डकी प्रदेश मैत्री संघका अध्यक्ष ऋषिराम सापकोटा र सल्लाहकार हरिराम पौडेल लगायतले भनाइ राखेका थिए । संस्थाका महासचिव बोधकृष्ण सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा महासचिव सुवेदी र कोषाध्यक्ष राजकुमार अग्रवालका प्रतिवेदन पनि प्रस्तुत गरिएका थिए । स्थानीय निर्वाचनमा निर्वाचित र सरकारका विभिन्न ओहोदामा रही मैत्री संघसँग आबद्ध विभिन्न २५ व्यक्तित्वलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१