पोखरा । कालजयी गीतका संकलक तथा गायक सरोजगोपाल बज्राचार्यको आठौं स्मृति दिवस अवसरमा सरोजगोपाल स्मृति सांगीतिक साँझ हुने भएको छ ।
स्व.सरोज गोपालले आफ्नो जीवनकालमा विभिन्न कालजयी गीतहरुमा संगीत बद्घ गर्नुका साथै आफ्नो मौलिक आवाज दिएका थिए ।
‘देउराली उकाली चढेर’, ‘नक्कलीलाई भगााइ लग्यो झिल्केले’, ‘दाइको घर कहाँ हो कहाँ’, ‘करोडौं मुटुहरुको ढुकढुकी’ लगायत दर्जनौं चर्चित लोक तथा राष्ट्रिय गीतले गर्दा आमनेपालीले सम्झिरहने नाम हो–सरोज गोपाल बज्राचार्य । आज फेरि तिनै चर्चितगायक बज्राचार्यको स्मृतिमा पोखरेली युवा सांस्कृतिक परिवारले सरोज गोपाल स्मृति सांगीतिक साँझको आयोजना गर्न लागेको छ ।
२००९ मंसिर २ मा जन्मिएका गोपाल बज्राचार्य भए पनि गीत गाउन थालेपछि उनले सर्जक जातपातभन्दा माथि हुन्छ भन्दै आफ्नो नामै फेरेर सरोजगोपाल बनाएका थिए । सयौं गीत गाएका उनलाई यसै नामले संसारले चिन्यो ।
नगर विकास प्रशिक्षण केन्द्रमा लामो समय जागिरे जीवन बिताएका उनले ०४७ सालताका त्यहाँबाट स्वैच्छिक अवकास लिएका थिए । त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रसारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे । माछापुच्छ्रे एफएममा स्टेसन प्रमुखरुपमा काम गरे । उनले गायिका श्रीमती बाबा राणासँग मिलेर पोखरामै ‘सरोज बाबा युगल साँझ’ मा गीत गाएका थिए । २०७१ साउन २९ गते ६५ वर्षको उमेरमा बज्राचार्यको निधन भएको थियो ।
पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्षसमेत रहेका बज्राचार्यको सम्झनामा असोज १ पोखरा उद्योग वाणिज्य संघमा हुने सांगीतिक साँझको तयारी पूरा भएको परिवारका अध्यक्ष मोती भुजेलले बताए ।
संगीतकार सुनिल थापाको संगीत संयोजन रहने उक्त सांगीतिक साँझमा गायक गायिका तारा थापा, बाबा राणा, कविता आलेमगर, रामभक्त जोजिजू, विनोद बानियाँ, इतु जोजिजू, वीनित जोजिजू, फिरोजगोपाल बज्राचार्य लगायतको सुमधुर स्वरमा सरोज गोपालका गीत सुन्न सकिने छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१