विद्यार्थीलाई शैक्षिक सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
education support news

पोखरा । बाल दिवस अवसरमा शक्ति समूहले पोखराका ५ विद्यालयमा ओयुआरको आर्थिक सहयोगमा सञ्चालित परियोजनामार्फत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

तालवाराही र ज्ञानभूमि मावि, धर्मस्थली, सरस्वती र मसिना आधारभूत विद्यालयका २५ जना बालिकालाई झोला, पोशाक, स्बिटर, जुत्ता, मोजा, कापी, कलम, क्यालकुलेटर लगायत गरी १ वर्ष पुग्ने शैक्षिक सामग्री सहयोग गरिएको हो ।

कमजोर आर्थिक अवस्थाले बीचमै विद्यालय छोड्न सक्ने बालिकालाई पढाइमा निरन्तरता दिन सो सहयोग गरिएको शक्ति समूह गण्डकी संयोजक सरिता पौडेलले बताइन् ।

कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई पोखरा महानगरपालिका शिक्षा महाशाखाको समन्वय थियो । पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वितरण गरिएको सामग्रीबाट विद्यालय र विद्यार्थीले सही प्रयोग हुनेमा विश्वास व्यक्त गरे ।

शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले संस्थाका गतिविधिबारे बोल्दैउक्त सहयोगबाट पढाइमा निरन्तरता दिन थप टेवा पुग्ने विश्वास राखिन् । उनले आगामी दिनमा प्रत्येक विद्यालयमा २÷२ थान कम्प्युटरसमेत वितरण गरिने बताइन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width