‘आँधीखोला सेरोफेरोका गीतहरु’ लोकार्पण

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
Jaro

पोखरा । रेवती पौडेलद्वारा लिखित लोकलयमा आधारित गीतहरुको संग्रह ‘आँधीखोला सेरोफेरोका गीतहरु’ लोकार्पण गरिएको छ ।

जरो टुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा पोखरामा आयोजित समारोहमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेले सो कृतिको सार्वजनिक गरे । उनले स्रष्टा पौडेलको संग्रहमा डाँडापाखाको सिंगो बिम्ब भेटिएको उल्लेख गर्दै यो हिम्मत गरेकोमा बधाई तथा शुभकामना दिए ।

कृति समीक्षा गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठका डा. अम्बिकाप्रसाद भट्टराईले ११ शीर्षकमा त्यसमा पनि विभिन्न उपशीर्षकमा कृति संग्रहित रहेको बताए । कृतिमा जनताको गीत समेटिएको उनले बताए ।

जरो टुप्पो संरक्षण साहित्य समाज, नेपालका कावा अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार मदन भण्डारी, असफल गौतम, सावित्री गिरि, पत्रकार विजय नेपाल, शान्तिपथ महिला समूहकी अध्यक्ष कमला थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्रष्टा रेवती पौडेल जरो टुप्पो संरक्षण साहित्य समाज, नेपालका कावा अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षत्रीकी धर्मपत्नी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै