गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरबीच भगिनी सम्बन्ध

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
gandaki and russian 1

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरबीच भगिनी सम्बन्ध कायम भएको छ । सोमबार रसियन कल्चर सोको कार्यालय काठमाडौंमा सो सम्बन्धमा रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरतर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानतर्फबाट सदस्यसचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

सदस्यसचिव श्रेष्ठले सम्झौतापश्चात् हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने बताए । ‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुनेछ,’ उनले भने ।

रसियन दुतावासका प्रथम सचिवसमेत रहेका मास्लोभले सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिए । । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुसी लागेको छ, यो सम्बन्ध दीर्घकालीन बनाउने छौं,’ उनले भने ।

सम्बन्ध स्थापितसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रसियन सांस्कृतिक टोलीलाई पोखरा भ्रमणको निम्तो दिएको छ । निम्तो स्वीकार्दै आगामी कात्तिक २१ मा २५ सदस्यीय टोली पोखरा आउने डाइरेक्टर मास्लोभले वचन दिए ।

टोलीको स्वागतमा कात्तिक २२ मा एकअर्काको संस्कृतिबारे अन्तक्र्रिया र कात्तिक २३ मा रसियन कल्चर सो गरिनेछ । सो कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा हुने प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width