एफिएफ र एशियन शुज च्याम्पियन

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७९
volleyball

पोखरा, २७, भाद्र । छैटौं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा एफिएफ मालेपाटन र एशियन शुज लामाचौर च्याम्पियन भएका छन् । पुरुषतर्फ फाइनलमा मामाभान्जा भलिबल काठमाडौंलाई सोझो सेटले हराउँदै एपिएफ विजेता बनेको हो । महिलातर्फ एशियन शुज लामाचौरले फाइनलमा अर्चलबोट भलिबल ट्रेनिङ सेन्टरलाई हराउँदै उपाधि जितेको हो ।

पुरुषतर्फ एपिएफका विजय थापा सर्वाेत्कृष्ट खेलाडी, मामा भान्जा क्लबका सञ्जुविक्रम शाह उत्कृष्ट स्पाइकर, सोही टिमकै ईश्वर गुरुङ उत्कृष्ट डिफेन्डर र राजेश कुँवर उत्कृष्ट सर्भर घोषित भए । उत्कृष्ट सेटर एफिएफका मिलन राना, उत्कृष्ट ब्लकर सोही टिमकै सुनिल सुनार र उदीयमान खेलाडी उमेश सेन्चुरी बने ।

महिलातर्फ सर्वाेत्कृष्ट खेलाडी एसियन सुजकी सरु नेपाली, उत्कृष्ट सेटर नीरु पुन, डिफेन्र लक्ष्मी राना, उदियमान खेलाडी सस्मिता पुन बने । अर्चलबोटकी मनीषा तिलिजा उत्कृष्ट स्पाइकर र डिमा पुन उत्कृष्ट सर्भर घोषित भएको कार्यक्रमका अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल) ले जानकारी गराए ।

पुरूषतर्फ प्रथमलाई १ लाख, द्वितीयलाई ६० हजार तथा महिलातर्फ प्रथमलाई ४० हजार र उपविजेतालाई २५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । शारीरिक सुसंगठनका पूर्व राष्ट्रिय खेलाडी पदम श्रेष्ठ र प्राज्ञ नगेनसिंह ठकुरी, अमृत फाउन्डेसनका प्रमुख अमृत गुरुङ लगायतले पुरस्कार वितरण गरे । छन्त्याल समाजको खेलमैदानमा गत भदौ २२ देखि सुरु प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टिमले भाग लिएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।

कुशल छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रम पोखरा भलिबल टे«निङ सेन्टरका सञ्चालक तथा प्रशिक्षक मनोज खड्काको संयोजकत्वमा भएको थियो । संचालन नवीन छन्त्यालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width