अन्तर्राष्ट्रिय तेक्वान्दोमा १३ सय खेलाडी

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७९
Taekwando Photo

पोखरा । पोखरामा हुने माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दोमा १ हजार ३ सय जना खेलाडीहरु सहभागी हुने भएका छन् ।

‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा कुल १३ देशका १ हजार ३ सय खेलाडीले भाग लिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

आगामी असोज ६ देखि ९ सम्म हुने र्‍याकिङतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए । दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी र्‍याकिङ जुनियर तथा सिनियर र पुम्से प्रतियोगिताका लागि खेलाडीहरुको दर्ता हिजो विहिबार बाटै रोकिएको बताए । पोखरा रंगशालामा खेलाडीहरुको लागि आवश्यक पर्ने एरिना सानो र थोरै दर्शक क्षमता भएकोले दर्ता ४ दिन अघि नै स्थगित गर्नु परेको उनले जनाए । कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई यो खेलले प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको दाबी छ ।

प्रतियोगितामा विश्वभरीका खेलाडी, निर्णायक, प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीसहित २ हजारभन्दा बढीको सहभागीता हुने संघका केन्द्रीय महासचिव दीपराज गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न २ करोड ५५ लाख खर्च हुने संघ गण्डकी सचिव रमेश पौडेलले जनाए ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width