फुटसल उपाधि आयोजकलाई

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७९
futsal lamjung

लमजुङ । खुला फुटसल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । प्याब्सन लमजुङको टिमलाई ४–० अन्तरले हराउँदै आयोजक हिमालयन ब्रदर्श ग्रुपले उपाधिसहित हात पारेको हो ।

व्यापार व्यवसाय प्रवद्र्धन गर्ने र आपसी सद्भाव बढाउने उद्देश्यले कृष्णाष्टमी अवसरमा हिमालयन ब्रदर्श ग्रुप र मनाङ मस्र्याङ्दी प्रालिको आयोजनामा सदरमुकाम बेंशिसहरमा सो प्रतियोगिता भएको हो । प्रतियोगितामा १४ टिमले भाग लिएका थिए ।

उपाधि विजेताले १५ हजार नगदसहित २५ हजार बराबरको खसी साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, उपविजताले १० हजार नगदसहित २० हजार बराबरको खसी साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष प्रवीण वाग्लेले बताए । सर्वाधिक गोलकर्ताको रुपमा प्याब्सन लमजुङका विनोद गुरुङ पुरस्कृत भए । उनले खेल अवधिमा १५ गोल गर्न सफल भएका थिए ।

यसैगरी, बेष्ट प्लेयरमा आयोजक टिमका सुनिल श्रेष्ठ पुरस्कृत भएका छन् । फाइनलमा म्यान अफ दि म्याचको उपाधि आयोजक समितिका सुरेश श्रेष्ठले हासिल गरेको रेफ्री इन्द्र रानाले बताए । उनीहरुलाई पुरस्कार स्वरुप बजाज सो रुमबाट ५/५ हजार रुपैयाँको गिफ्ट ह्याम्पर उपहार तथा मेडल र प्रमाणपत्र दिइको छ ।

प्रतियोगितामा भाग लिएका सबै खेलाडीका लागि आयोजक हिमालयन ब्रदर्श ग्रुपको पसलबाट १० देखि २० प्रतिशतसम्म छुट पाउन सक्ने प्रबन्ध समेत गरिएको थियो ।

विजेतालाई आयोजक समिति मनाङ मस्र्याङ्दीका प्रोपाइटर ईश्वर श्रेष्ठ तथा हिमालय ब्रदर्श ग्रुपका सल्लाहकार वंशीराम श्रेष्ठ लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेको विशाल रावलले जानकारी दिए । प्रतियोगिता हिमालय ब्रदर्श ग्रुपका प्रोपाइटर सुरेश श्रेष्ठको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width