नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७९
Sachibalaya Open Photo 2

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइतबार पोखरामा सचिवालय उद्घाटन गरिएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा नवौं राष्ट्रिय खेलकुद–२०७९ कार्यकारी समिति सचिवालयको उद्घाटन गरिएको हो ।

संघीय सरकारका युवा तथा खलकुद मन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा सचिवालय उद्घाटन गरेका हुन् ।

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलमा ३६ खेल समावेश हुने छन् । प्रतियोगिताको लागि तीनै तहको साथ, सहयोग र सहभागिता रहेको सन्देश दिनका लागि तीनै तहको प्रमुखको उपस्थिति थियो ।

खेलकुद मन्त्री गहतराजले प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले आर्थिक व्यवस्थापनको विषयमा चिन्ता लिन नपर्ने बताए । ‘केन्द्र सरकारको मुख्य जिम्मेवारी भए पनि जहाँ खेल हुन्छ त्यही क्षेत्रले सकारात्मक सन्देश प्रवाह गर्ने महत्वपूर्ण भूमिका भएकोले गण्डकी प्रदेश र पोखरा महानगरपालिका नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन लाग्नु पर्छ,’ उनले भने ।

सचिवालयबाट सम्पूर्ण गतिविधि हुने भएकोले मन्त्री गहतराजले हरेक दिन आउने सुझाव आत्मसाथ गर्ने मन्त्री गहतराजले बताए । सचिवालयमा आएका सुझाव कार्यान्वयनको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आवश्यक जानकारी गराउन संघ र मातहतका कर्मचारीलाइ निर्देशन समेत दिए ।

मुख्यमन्त्री पोखरेलले आयोजक प्रदेश भएकोले यसलाई कुनै पनि हालतमा सफल बनाउने दायित्व प्रदेशवासीको भएको बताए । उनले प्रतियोगितामा मिडियाको भूमिका महत्वपूर्ण भएको बताउँदै देशविदेशमा धेरैभन्दा धेरै प्रचारप्रसार गर्न मिडियालाई आग्रह गरे ।

मेयर आचार्यले प्रतियोगिताको लागि महानगर स्थानीय आयोजक भएकोले प्रतियोगिता सफल बनाउन कटिबद्ध भएर लाग्ने बताए । पोखरालाई विभिन्न क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने लक्ष्य समेत राखेको समय राष्ट्रिय एकताको प्रतिक खेलकुदको कुम्भ मेला हाम्रै सहरमा आयोजना हुन लागेकोमा खुसी व्यक्त गरे ।

उनले पोखरालाई पर्यटक सहररुपमा स्थापित गर्न सरकारलाई औपचारिक पत्राचारसमेत भइसकेको अवस्थामा त्यसलाई थप टेवा पुग्ने गरी आफ्नो सहरमा आयोजना हुन लागेको प्रतियोगितामा यहाँ आउने पाहुनालाई राम्रो आतिथ्यता दिने बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै