बहिरा फुटबल क्लब स्थापना

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७९
Bahira

पोखरा । पोखरा महानगरपालिका वडा नं. १० को सभाहलमा बहिरा भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै वडाध्यक्ष राजेश गुरुङले बहिराहरुको खेलकुद संस्था स्थापनाले बहिराहरुमा भावनात्मक सम्बन्ध हुने उल्लेख गर्दै फुटबल खेलका प्रतियोगितालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी बहिरा संघका पूर्व अध्यक्ष जमानसिंह गुरुङले पोखरामा बहिरा फुटबलको परिकल्पनाबाट आज बहिरा फुटबल क्लब पोखरा कास्की स्थापना भएकोमा खुसी व्यक्त गरे । उनले स्थानीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने पनि जनाए । कार्यक्रमको संचालन कार्यक्रम संयोजक सूर्य मोहनबरालले गरेका थिए ।

भेलाले बहिरा फुटबल क्लब पोखरा कास्कीको नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा विशान गुरुङ, उपाध्यक्ष किरण अधिकारी, सचिव सूर्यमोहन बराल, सहसचिव विकास आर्चाय, कोषाध्यक्ष रामकृष्ण अधिकारी, सदस्यहरुमा ज्योत्सना लावती गुरुङ, सोनिया गुरुङ, आदर्श पौडेल र राजु श्रेष्ठ रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै