तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७९
Tamu Kalakar Photo

पोखरा, २ भदौ । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशको तेस्रो अधिवेशनबाट सुरेन्द्र गुरुङको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उनी यसअघि पनि अध्यक्ष थिए।

तमु धिं प्रांगणमा बिहीबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, उपाध्यक्षमा विक्रम गुरुङ, महिला उपाध्यक्षमा इन्द्रा गुरुङ, महासचिवमा तसबहादुर गुरुङ, सचिवमा तेज गुरुङ, महिला सचिवमा ज्योति गुरुङ, सहसचिवमा डबिन गुरुङ, कोषाध्यक्षमा सविना गुरुङ र सहकोषाध्यक्षमा दिलु गुरुङ सर्वसम्मत चुनिएका हुन् ।

यस्तै विदेश विभाग प्रमुखमा गौरी गुरुङ, सांगठनिक विभाग प्रमुखमा सविन गुरुङ, अतिरिक्त विभाग प्रमुख ओम गुरुङ र महिला विभागमा रविना गुरुङ चयन भए । यसैगरी सचिवालय सदस्यमा पूजा गुरुङ, रामप्रसाद गुरुङ र मीना गुरुङ सर्वसम्मत भए ।

सदस्यमा रनु गुरुङ, संगीता गुरुङ, ममता गुरुङ, सीता गुरुङ, धनप्रसाद गुरुङ, काजी गुरुङ, युविन्द्र गुरुङ, सुनिमा गुरुङ र रोशन गुरुङ चयन भए । निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डल संयोजक हुमबहादुर गुरुङले सपथ ग्रहण गराए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद मीनप्रसाद गुरुङले संघले कला, संस्कृति र भाषा जगेर्नासँगै पुस्तान्तरण र परिस्कृत गर्नुपर्नेमा जोड दिए । उनले अब कलाकारले नाच्ने र गाउनेमात्र नगरी आफ्ना मौलिक गीत र बाजाको अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए । गुरुङहरुको कला, संस्कृतिप्रति राज्यले हेर्ने नजर राम्रो भए पनि सन्तुष्ट हुने अवस्था नरहेको उनको भनाई थियो । यसका लागि संघले पहल गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा ‘स्व. मेनकाजी गुरुङ स्मृति अग्रज श्रष्टा सम्मान पुरस्कार’ बाट शान्ति गुरुङलाई अर्पण गरिएको थियो । वरिष्ठ लोकगायिका, वरिष्ठ सञ्चारकर्मी, रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखराकी उपप्रमुख गुरुङलाई नगद ७ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा तमु कलाकार संघकी केन्द्रीय अध्यक्ष शर्मिला गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, तमु धिंका अध्यक्ष हुमबहादुर गुरुङ, पुरस्कृत व्याक्ति शान्ति गुरुङ संघका संस्थापक केन्द्रीय अध्यक्ष राजु गुरुङ लगायतले तमु कलाकार संघको विकासका लागि आवश्यक पहल गर्ने बताए । नवनिर्वाचित अध्यक्ष गुरुङले पहिलो कार्यकालका अधुरा काम पूरा गर्ने प्रतिवद्धता जनाए । उनले आगामी दिनमा तमु कलाकारको हकहित र संरक्षणमा कार्यक्रम गर्दै जाने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width