पोखरामा मिडिया फुटसल प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७९
sarangkot

पोखरा, २ भदौ । रेडियो सराङकोट पोखराले मिडिया फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । रेडियोको १६ औं वार्षिकोत्सव अवसरमा आगामी असोज ७ र ८ गते अन्तरमिडिया फुटसल प्रतियोगिता हुने भएको हो ।

पोखरामा बिहीबार पत्रकार सम्मेलनमा रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले वार्षिकोत्सव समारोह भव्य बनाउन मिडिया फुटसल प्रतियोगिता गर्न लागेको जानकारी दिए । करिब २५ टिमले भाग लिने अनुमान गरिएको प्रतियोगिता विजेताले ४० हजार र उपविजेताले २५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत पुरस्कारको पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक युवराज भण्डारीले बताए ।

यस्तै, रेडियोले वार्षिकोत्सव अवसरमा यही भदौ ७ मा महिला संचारकर्मीबीच तीज विशेष कार्यक्रम समेत गर्ने जनाएको छ ।

‘एकताबद्ध सहकार्य, आर्थिक उन्नतिका लागि सहकारी’ मूल मन्त्रका स्थानीय समुदायको पहलमा २०६३ सालको असोजमा सराङकोट बहुउद्देश्यीय सहकारी संस्था स्थापित भएको हो । सोही सहकारीद्वारा रेडियो सराङकोट संचालन भइरहेको स्टेसन म्यानेजर योगेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रबन्ध निर्देशक अर्जुनबहादुर बस्नेतले सो अवसरमा सम्मान, प्रोत्साहन कार्यक्रम, रक्तदान एवं सरसफाइ कार्यक्रम समेत हुने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै