नेतृत्व विकास तालिम

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
lions beauty

पोखरा । लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको आयोजना तथा लियो क्लब अफ पोखरा संगम र आइसिटी सहकारी संस्थाको समन्वयमा पोखरामा नेतृत्व विकास तालिम भएको छ ।

संस्थाका सदस्यको नेतृत्व तथा व्यत्तित्व विकास गर्ने उद्देश्यले आयोजित तालिमको नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरेकी थिइन् । सो अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालकी द्वितीय उपाध्यक्ष महिला उद्यमी मिलन थापाले हरेक क्षेत्रमा गर्विलो उपस्थितिका लागि नेतृत्व विकासको आवश्यकता महत्वपूर्ण हुँदै गएको बताइन् ।

ब्युटि सिटीकी अध्यक्ष सवि शेरचनले पछिल्लो समय महिला विभिन्न सामाजिक संघसंस्थाबाट अगाडि बढ्न चाहे पनि निर्धक्क भएर आफ्नो कुरा राख्न अझै पनि समस्या देखिएकाले नेतृत्व विकाससँगै बोल्ने कलासम्बन्धी आयोजना गरिएको बताइन् ।

कार्यक्रममा ब्युटी सिटीकी प्रथम उपाध्यक्ष एवं तालिम संयोजक दुर्गा मर्सानी, लियो क्लब अफ पोखरा संगमकी अध्यक्ष रोजिना श्रेष्ठ, क्यान अध्यक्ष विश्वास भण्डारी, रिजन चियरपर्सन शिला अधिकारी, जोन चेयरपर्सन महेश श्रेष्ठ, डिष्ट्रिक अफिसर मीना प्रधान, डिष्ट्रिक कोचिफ नवीना श्रेष्ठ, आइसिटि सहकारीका व्यवस्थापक मनमाया तामाङ लगायतले नेतृत्व विकासको तालिमबारे बोलेका थिए । तालिममा ३० जना सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width