गोरखा गठबन्धनमा गन्जागोल

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७९

पोखरा । २०७४ को संसदीय निर्वाचनमा गठबन्धनकै कारण गोरखाका दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिन पाएन । कमजोर क्षेत्र १ मा कांग्रेसलाई टिकट दिएर २ मा तत्कालीन नयाँ शक्ति पार्टीलाई टिकट दिइयो । नयाँ शक्तिका डा. बाबुराम भट्टराईले माओवादीका नारायणकाजी श्रेष्ठलाई हराएर अप्रत्यासित जीत निकाले । उनले मात्र चुनाव जितेनन्, उनीसँगै गठबन्धनका प्रदेश सांसद उम्मेदवार पनि विजयी भए । तर क्षेत्र नम्बर १ मा भने कांग्रेस नयाँ शक्तिको गठबन्धन चलेन, माओवादी र एमाले गठबन्धनले प्यानलै चुनाव जित्यो । चीनकाजी श्रेष्ठको प्यानल पराजित भएको थियो ।

निर्वाचन जितेर काठमाडौं छिरेपछि बाबुरामले कांग्रेस कार्यकर्तालाई भड्काउने गरी अभिव्यक्ति दिन थाले । उनले कांग्रेसलाई ‘म्युजियम’ मा राख्नुपर्ने पार्टी भनेपछि आक्रोशित कांग्रेस कार्यकर्ताले यो चुनावमा उनलाई सहयोग नगर्ने घोषणा गरेका छन् । कांग्रेस र माओवादी मिलेर अरू पार्टीलाई छोड्ने रणनीतिमा कांग्रेस छ । केही हदसम्म माओवादी पनि कांग्रेसको प्रस्तावको समर्थक बनेको छ ।

कांग्रेस केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र अब्दुल सत्तारले पत्रकार सम्मेलन नै गरेर बाबुरामलाई कांग्रेसले बोक्न नसक्ने बताएका छन् । पाण्डेले गोरखामा कांग्रेस–माओवादीबीच संघ र प्रदेशमा बराबर सिट बाँडफाँट हुने बताए । स्थानीय निर्वाचनको मत परिणामअनुसार कांग्रेस र माओवादीको मत बराबर भएकोले प्रदेश र प्रतिनिधिसभा चुनावमा समान सिट बाँडेर चुनावमा जानुपर्ने उनको प्रस्ताव छ । ‘गठबन्धनमा अरू उपस्थिति बलियो छैन । यहाँ कांग्रेस र माओवादी बराबर शक्ति हो,’ उनले भने, ‘यसपालि २ पार्टीबीच मात्रै गठबन्धन हुन्छ ।’ उनले माओवादी नेताहरूसँग पनि सोही अनुसार छलफल भइरहेको बताए ।

अघिल्लो चुनावमा कांग्रेसले नयाँ शक्तिलाई समर्थन गरेका कारण माओवादीका नारायणकाजी श्रेष्ठ बाबुरामसँग पराजित भएका थिए । २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको गोरखामा १ नम्बर माओवादी र २ मा कांग्रेस उम्मेदवार रहने पाण्डेले बताए । उनी पनि टिकटका दाबेदार हुन् । अघिल्लो पटक बाबुरामलाई छोडेका कारण उनी पछि परेका थिए । ‘कांग्रेस बाहेकलाई गठबन्धनबाट टिकट दिंदा त्यहाँका कार्यकर्ताले विद्रोह गर्न सक्छन् । हामीले अपेक्षा गरे अनुसार परिणाम नआउने खतरा पनि हुन सक्छ’ उनले भने, ‘यसपालि जनभावनाअनुसार काम गर्नुपर्छ । २ नम्बर क्षेत्रबाट कांग्रेस नै चुनाव लड्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य सत्तारले क्षेत्र नम्बर २ कांग्रेसले नछोड्ने बताए । ‘उम्मेदवार को हुने भन्ने पार्टीको निर्णयअनुसार होला तर २ मा कांग्रेसको उम्मेदवार हुनुपर्छ । अघिल्लो चुनावमा कांग्रेसको उम्मेदवार थिएन । अहिले कुनै हालतमा छोड्नु हुन्न,’ उनले भने । योसँगै गण्डकीका विभिन्न जिल्लामा गठबन्धन दलको संयुक्त बैठक बस्न थालेको छ । केन्द्रमा गठबन्धनलाई टिकट वितरणको अनुपात मिलाउन समिति गठन भएको छ ।

Related News

सम्बन्धित समाचार

  • मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको  नियुक्तिविरुद् परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल…
  • गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणलगत्रै…
  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…

hero news full width

Recent Posts

भर्खरै