‘सहकारीको रकम सहकारीमै राख’

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७९
coop news pokharas

पोखरा । सहकारीको रकम सहकारी बैंक तथा संघहरुमा नै राख्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय सहकारी बैंक लि. ले पोखरामा आयोजना गरेको सहकारीको समसामयिक अवस्था विषयक छलफल कार्यक्रमका वक्ताले सहकारी क्षेत्रमा रहेको रकमलाई सहकारी बैंक लगायत सहकारीका वित्तीय कारोबार गर्ने संघहरुमा राख्नु पर्नेमा जोड दिएका हुन् । सहकारीलाई समस्या आउँदा सहयोग गर्ने, समन्वय गर्ने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सहकारीका निकायहरुलाई सवल, सक्षम र प्रभावकारी बनाउन सहकारीको रकम सहकारीमै राख्नु पर्ने उनीहरुको सुझाव थियो ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि समग्र सहकारी अभियान एकतावद्ध हुनु पर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष रविरमण तिवारी, पूर्व सञ्चालक संगीता गौतम तिमिल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व कोषाध्यक्ष नारायण आचार्य, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइराला, संस्थापक अध्यक्ष मिलन ढकाल लगायतले सहकारीमा पछिल्लो समय देखिएका समस्या समाधानमा ऐक्यवद्धता आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीले अभियानसँग सहकार्य नगर्ने, सहकारीको मर्म र भावनाअनुसार नचल्ने तथा सहकारीलाई नै कमजोर बनाउने गरी काम गर्ने केही सहकारीहरुका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताए । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि अभियानका तर्फबाट पहल भैरहेको जानकारी गराए । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीको समसामयिक अवस्था र बैंकको भूमिकाका बारेमा जानकारी गराए । तरलता संकटका कारण सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि वित्तीय परिचालनसँगै सुशासन र व्यवस्थापनमा ध्यान दिनु पर्नेमा उनको जोड थियो ।

बैंकका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती र सञ्चालन बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width