स्याङ्जा । स्याङ्जाका नासुहरुले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । संघीय निजामती सेवा ऐनमा राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीका बढुवा लगायत वृत्ति विकासमा विभेद गरिएको भन्दै राजपत्रअनंकित कर्मचारीले बुधबार १ घण्टा धर्ना दिएका छन् ।
नयाँ तलबमानको विषय सच्याउन दबाब दिने उद्देश्यले यहाँका कर्मचारीले मंगलबार संयुक्त बैठक बसी तीनबुँदे निर्णय गरेका थिए । उनीहरुले केन्द्रदेखि सञ्चालित राजपत्रअनंकित कर्मचारीका हकहितका कार्यक्रममा ऐक्यबद्धता जनाउने, आफ्ना माग सशक्त र प्रभावकारी बनाउन आन्दोलन परिचालन समिति र सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका हुन् ।
निर्णय बमोजिम भेलाले राजपत्र अनंकित हकहित संरक्षण समितिमा प्रकाशकुमार अर्यालको संयोजकत्वमा ७ सदस्यीय आन्दोलन परिचालन समिति समेत चयन गरेको छ । समितिका सदस्यमा सुमित मरासिनी, शर्मिला शर्मा, राजन पनेरु, विष्णुप्रसाद चापागाईं, मोतीप्रसाद आचार्य र भागीरथ सिग्देल चयन भए ।
सल्लाहकार समितिमा विभिन्न कर्मचारी संघ संगठनका प्रमुखहरु आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजुप्रसाद मरासिनी, निजामती कर्मचारी युनियनका सभापति ज्ञानप्रसाद अर्याल, निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बरबहादुर पराजुली, राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष गुरुदत्त ढकाल र राजेन्द्रप्रसाद पराजुलीलाई चयन गरेको छ ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१