पोखरा, २२ साउन । पाल्पाका नवनिर्वाचित जनप्रतिनिधिलाई पाल्पाली समाज पोखराले स्वागत सम्मान गरेको छ ।
तानसेन नगरपालिकासहित रम्भा, माथागढी, बगनासकाली, तिनाउ गाउँपालिकाका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्ष तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्षलाई समाजले पोखरामा एक समारोहबीच स्वागत तथा सम्मान गरेको हो ।
सिद्धार्थ आर्थिक करिडोर विषयमा आयोजित गोष्ठीमा भाग लिन आएका बखत समाजले उनीहरुलाई स्वागत तथा भेटघाट गर्दै सफल कार्यकालको शुभकामना दिएको हो ।
सो अवसरमा पाल्पाको पर्यटन प्रवद्र्धन लगायत विविध क्षेत्रमा समाजले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनप्रतिनिधिले गरेका छन् । साथै समाजको पहलमा पोखराको न्यूरोडमा संचालन हुन लागेको पाल्पा हाउसमा पालिका प्रमुखहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठ, रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारी, माथागढी गाउँपालिका अध्यक्ष याम चिदी, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा समाजका पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पा हाउसका अध्यक्ष एवं समाजका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले बोलेका थिए ।
समाजका द्वितीय उपाध्यक्ष श्रीधर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सचिव संजय आत्रेय र स्वागत तृतीय उपाध्यक्ष अनन्त अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो
दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, २२ घाइते
शिवशक्ति क्याम्पसका विद्यार्थी र्याफ्टिङमा रमाए
एमाले लुम्बिनीमा पाल्पाका राधाकृष्ण २ मतअन्तरले निर्वाचित
पत्रकार कृष्ण अञ्जानको निधन
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१