वर्षाको बेला छ रातो दिन पानी परिरहेछ । केही स्थानलाई अपवाद मानेर भन्ने हो भने खेतबारीमा पानी प्रशस्त देखिन्छ । किसानहरुका लागि समय अनुकूल भएको छ र अधिकांश किसानहरुले धान रोप्ने काम सिध्याइ पनि सकेका छन् । यस्तो वर्षाको बेलामा सुदूर पश्चिमको केही जिल्लामा अझै राम्ररी पानी परेको छैन । जसले गर्दा उनीहरुले अझै धान रोप्न पाएका छैनन् । वातावरणमा धेरै परिवर्तन आएकाले कतै अतिवृष्टि भएको छ भने कतै अनावृष्टि भएको छ । पोखरा पहिलेदेखि नेपालमा नै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । यो पटक पनि अस्ति घनीभूत पानी प¥यो, अस्ति २४ घन्टामा ३३४.६ मिलिमिटर वर्षा मापन गरिएको मौसम विद्हरुले जनाएका छन् । मौसम विभागले पोखरा क्षेत्रलाई रातो संकेतसहित खतरामा रहेको देखाएको थियो । मौसम विभागले जनाएअनुसार वर्षा र पहिरोले यहाँ जनधनको क्षति पनि भएको छ ।
अत्यधिक वर्षाले गर्दा यहाँको धेरै ठाउँ जलमग्न भएको छ भने पोखरा–६ डिहिकोपाटनमा मध्यरातमा घरमाथिको ढिस्को खसेर १ जनाको ज्यान गएको छ भने अर्को १ जना घाइते भएका छन् । डिहिकोपाटन कच्ची घरमा डेरा गरी बसेका माछापुच्छ«े गाउँपालिका १ भर्जुङखोला तातोपानी स्थायी घर भएका २७ वर्षीय सन्तोष सुनारको पहिरोमा पुरिएर मृत्यु भएको छ । उनकी दिदी सुनीता सुनार घाइते भएकी छिन् । सुनीताको छोरो सिम्रनको भने सकुशल उद्धार गरिएको छ । अझै हामी सजग र सतर्क भएर बस्नुपर्ने अवस्थामा छ । हामी सर्वसाधारणमात्र होइन, दैवी प्रकोपमा उद्धार गर्ने उद्धार टोलीहरु पनि उत्तिकै जागरुक भएर अर्थात् सधैं तैयार भएर बस्नुपर्ने अवस्था छ ।
३ दिनको अविरल वर्षाले पोखरा र पोखराको सेरोफेरोका नदीनाला बढेका छन् । नदीनाला बढेकाले त्यसले आफ्नो नजिकका खेतबारी जलमग्न पारेका छन् र खेतमा बनाइएका घरभित्र पानी पसेर त्यहाँ बस्नेहरुको जनजीवनलाई कष्टकर बनाएका छन्, खास गरेर पोखरा १३ कमल पोखरीदेखि बाँझापाटनको क्षेत्रसम्म जलमग्न भएको थियो । यी पंक्ति लेखिँदासम्म त्यहाँ पानी धेरै भएको र स्थितिमा सुधार भएको छ । गत वर्ष पनि त्यहाँ चर्को रुपमा जलमग्न भएको थियो । त्यहाँको खेतहरुमा धेरै घरहरु बनेकाले पनि पानीको निकासलाई समस्या परेको छ । घर बनाउने उपयुक्त स्थान चयन नहुँदा कमलपोखरी क्षेत्र डुबानमा परेको देखिन्छ । काहुँखोला र नहरको पानीको निकास राम्ररी नबनाए सम्म समस्याले पिरोली रहनेछ । यस सम्बन्धित पक्षले छिटो ध्यान दिनु आवश्यक छ । अन्तमा हामी दिवंगत सुनारप्रति श्रद्धाञ्जली अर्पण गरी घाइते सुनीता सुनारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र पीडित परिवारलाई राहत क्ष्तिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१