खेलकुद पत्रकार मञ्चलाई मिडिया सेन्टर जिम्मेवारी

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७९
media center news 6 sawan

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई पोखरा रंगशालास्थित मिडिया सेन्टर संचालन तथा व्यवस्थापनको जिम्मा दिइएको छ ।

शुक्रबार मिडिया सेन्टर व्यवस्थापन समिति अध्यक्ष केशव पाठकले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मण योगीको रोहवरमा मञ्च अध्यक्ष दीननाथ बराललाई मिडिया सेन्टरको चाबी हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मञ्च अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी हस्तान्तरण भएको उक्त मिडिया सेन्टरका कम्प्युटर, ल्यापटप सहितका जिन्सी सामग्री संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सेन्टर प्राप्तिमा सहयोग पु¥याउने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङसहित खेलकुदकर्मी तथा मञ्चका पूर्व अध्यक्ष एवं सेन्टर व्यवस्थापन समिति अध्यक्ष पाठकप्रति आभार व्यक्त गरे ।

मिडिया सेन्टरमा ११ थान डेल ब्रान्डका कम्प्युटर, २ थान ल्यापटप, कम्प्युटर टेवल १२ थान, कार्यालय टेबल २ थान, एक एक थान स्टिल दराज, साउन्ड सिस्टम, प्रिन्टर, टिभी, प्रोजेक्टर रहेको मञ्च सचिव शशिकुमार पौडेलले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै