पाेखरा । सामूहिक बलात्कारको आरोप लागेका नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् ।
पाण्डे हाल कास्की प्रहरीको हिरासतमा रहेकाे र अर्का आरोपित राजु राउत फरार रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी गराए ।
पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाडाैंमा जाहेरी दिए पनि घटना पोखरामा भएको निवदेन भएकाले कागजात कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरीका आधारमा पाण्डेलेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता पाण्डे असार २५ गते मनमैजुस्थित क्लब लोटसबाट पक्राउ परेका हुन् ।
फरार राउत भास्ट विन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी हुन् । कांग्रेस नेता पाण्डे पनि विभिन्न व्यवसायमा संलग्न छन् । ४ जना मिलेर युवतीलाई पोखरा लगे पनि उनले २ जनाविरुद्धमात्र जाहेरी दिएकी छन् । राउतमार्फत् चिनेर आफू पोखरा गएको युवतीको बयानमा उल्लेख छ ।
आरोपी राउत र पीडित युवतीबीच ७/८ महिना अघि टिकटक लाइभमार्फत् चिनजान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । इटहरी घर भएकी ती युवतीलाई करिब २ साताअघि काठमाडौं बोलाइएको थियो ।
राउत र पाण्डेले आफूहरु चितवनमा रहेको भन्दै उतै बोलाएका थिए । चितवनबाट युवतीसहित ५ जना असार २२ गते पोखरा आएका थिए ।
पोखरामा १ रात बस्ने क्रममा आफूमाथि सामूहिक बलात्कार भएको ती युवतीको दाबी छ । चितवनबाट ४ जना आएकाे भए पनि आफूलाई राउत र पाण्डेले मात्र बलात्कार गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । काठमाडौं फर्कने क्रममा आफूलाई अन्य २ जनाले दुर्व्यवहार पनि गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
काठमाडौंमा फर्किएपछि आरोपीहरुले बुक गरेको होटलमा बसेकी ती युवतीले भोलिपल्ट आफू पोखरामा बलात्कारमा परेको भन्दै जाहेरी दिएको बुझिएको छ । कास्की प्रहरी प्रवक्ता तिवारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१