स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले घरघरमै पुगेर ज्येष्ठ नागरिक भत्ता वितरण गर्ने अभियान सुरु गरेको छ । पालिकाका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङलगायत जनप्रतिनिधि वडा न. ६ मा पुगेर सामाजिक सुरक्षा भत्ताबापत पाउने नगद ज्येष्ठ नागरिकको हातहातमा थमाएका हुन् ।
उनीहरूले नगद ८ हजार बुझेका छन् । गाउँपालिकाको अध्यक्ष जितेमा सामाजिक सुरक्षा भत्ता गाउँमा पु¥याउने आफ्नो प्रतिबद्धताअनुसार अभियान सुरु गरेको उहाँले बताउँदै हरेक ३/३ महिनामा सबैका घरमा पुगेर भत्ता वितरण गर्ने बताए ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै ज्येष्ठ नागरिकका घरघरमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अर्जुन चौपारी गाउँपालिका पहिलो बनेको छ । आफ्नो घरमै आएर भत्ता लिन जाँदा जिप रिजर्भ गरेर जानुपर्ने बाध्यता र झन्झट हटेकोमा ९८ वर्षीया मोतीलाल तिवारी र ७२ वर्षीय थमकुमारी पौडेललगायत ज्येष्ठ नागरिकहरु खुसी भएका छन् ।
गाउँपालिकामा १ हजार २ सय ५१ जना ७० वर्ष माथिका छन् भने २ हजार ५ सय २३ जनाले विभिन्न क्षेत्रका सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।
सरकारले यसैवर्षदेखि वृद्धभत्ता पाउने उमेर ७० बाट ६८ वर्षमा झारेको छ । यसअघि ७० वर्ष पुग्नु प्रावधान रहे तापनि अबदेखि भने ६८ वर्षमै ज्येष्ठ नागरिक भत्ता बुझ्न पाउने भएका छन् ।
अर्जुनचौपारी गाउँपालिकाले मुक्तिनाथ विकास बैकसगँको सहकार्य र समन्वयमा पहिलो पटक गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सरकारले ज्येष्ठ, विपन्न, अशक्त असहाय, एकल महिला, अपांगता भएका व्यक्ति, दलित बालबालिकालाई भत्ता उपलब्ध गराउँदै आएको छ ।
यसैगरी आफ्नो हेरचाह आफैं गर्न नसक्ने, लोपोन्मुख जातिका व्यक्ति, गम्भीर रोग लागेकाहरुको उपचारका लागि भत्ता तथा उपचार खर्च पनि वितरण गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
संरक्षण थालिएको ताल नै सुकेपछि…
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१