पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले जिल्लास्तरीय रनिङ सिल्ड उपाधि जितेको छ ।
पोखरा रंगशालामा भएको प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र १ कास्य पदकसहित माछापुच्छ्रे च्याम्पियन बनेको हो ।
यस्तै, पोखरा महानगरपालिका १४ स्वर्ण र ११ रजतसहित दोस्रो, अन्नपूर्ण गाउँपलिका १ स्वर्ण र २ कास्यसहित तेस्रो भयो । पुरस्कारस्वरुप माछापुच्छ्रेगाउँपालिकाले रनिङ सिल्डसहित १२ हजार, पोखराले ९ हजार र अन्नपूर्णले ५ हजार प्राप्त गरे ।
प्रतियोगितामा छात्र भलिबलतर्फ अन्नपूर्णले स्वर्ण जित्दा पोखरा महानगरले रजत र माछापुच्छ्रेले कास्य जितेको आयोजकले जनाएको छ । छात्रातर्फ भलिबलमा पोखरा महानगरले स्वर्ण, माछापुच्छ्रेले रजत र अन्न्पूर्णले कास्य जित्यो । कबड्डी छात्रतर्फ पोखराले स्वर्ण र माछापुच्छ्रेले रजत तथा छात्रा कबड्बडीमा माछापुच्छ«ेले स्वर्ण र पोखरा महानगरले रजत पदक जितेको छ ।
यस्तै, एथलेटिक्स छात्र र छात्रातर्फ माछापुच्छ्रेले स्वर्ण १४, कास्य १२, पोखरा महानगरले १२ स्वर्ण र रजत ९ वटा पदक जित्न सफल भए । अन्नपूर्णले समग्रमा ४ कास्य पदक जितेका छन् । एथलेटिक्स खेलमा १३ वटा इभेन्ट सम्पन्न भएको निर्णायक श्यामबहादुर श्रेष्ठले बताए ।
प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य राजेशकुमार गुरुङ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसी, उपाध्यक्ष चन्द्रा अधिकारी, शिक्षा महाशाखा प्रमुख बलराम भुगार्इं, क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिबी नेपाली, जिल्ला भलिबल संघका अध्यक्ष विष्णुबहादुर गुरुङ लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको अध्यक्षतामा समापन समारोह भएको हो ।
राष्ट्रपति रनिङ सिल्डअन्तर्गत प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उशु र कराते गरी ६ खेल भएका थिए । प्रतियोगिताबाट प्रदेशस्तरीय रनिङ सिल्डका लागि ८४ खेलाडीको छनोट गरिएको कार्यालय प्रमुख बरालले बताए । पोखरा यही असार २३ र २४ मा प्रदेशस्तरीय रनिङ सिल्ड हुँदैछ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१