नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार आयोजना गरेको छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८ मा महिलातर्फ राष्ट्रिय भलिबल टोलीको कप्तान अरुण शाही र पुरुषतर्फ टेनिसका शीर्ष वरियता प्राप्त प्रदीप खड्का उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । ती उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिकल स्कुटर प्रदान गरिएको छ । पत्रकार मञ्च गण्डकीले गण्डकीमा जन्मेका र गण्डकीलाई कर्मथलो बनाएर खेलेका खेलाडीलाई स्पोर्टस् अवार्डमा सामेल गर्ने गर्दछ । अवार्डलाई महत्वका साथ हेर्ने गरिएको छ । मञ्चले यसपटक ७ वटा विधामा ७ जनालाई पुरस्कृत गरेको छ । लाइफटाइम एचिभमेन्ट अवार्डबाट भने पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मानित गरिएको छ । उनी बक्सिङका राष्ट्रिय च्याम्पियन पनि भएका थिए भने उनले १९९० मा पाकिस्तानमा भएको चौंथो दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेका थिए । म्याग्दीमा जन्मेकी अरुणा शाहीले पोखरामा बसेर अध्ययन गरी यस अघि दोस्रो पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी घोषित भएकी थिइन् । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय पदक प्राप्त गरेकी छिन् । त्यस्तै अवार्ड विजेता प्रदीप खड्का नम्बर १ खेलाडीमा गनिन्छन् । उनले खेल क्षेत्रमा १५ वर्ष बिताएर धेरै पटक संकलन गरेका छन् ।
जुनियर टेनिस खेलाडी दर्शिल श्रेष्ठले उदयीमान खेलाडीको अवार्ड जितेका छन् । उनी भविष्यका लागि आशलाग्दो खेलाडीको रुपमा देखिएका छन् । उनले धेरै खेलमा उत्कृष्ट खेल खेलेर च्याम्पियनसिप हात पारेका छन् । यस पटकको अवार्डमा टेनिसका निरज थापाले पनि उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरेका छन् । उनी उत्कृष्ट घोषित भएपछि यस पटकको अवार्डमा टेनिस खेलको दबदबा रहेको अर्थमा मानिसहरुले बुझेका छन् । प्रशिक्षक थापाले २३ वर्ष पहिले काठमाडौंबाट पोखरा आएर प्रशिक्षण सुरु गरेका थिए । उनले प्रशिक्षण दिएका खेलाडी शीर्ष वरियतामा पुगिसकेका छन् । वर्ष उत्कृष्ट खेलाडी घोषित प्रदीप खड्का उनकै चेला हुन् ।
यसपटक खेलाडी मञ्चले खेल संघको अवार्डको पनि व्यवस्था गरेको थियो । त्यो व्यवस्थाअनुसार खेल संघको अवार्ड गण्डकी प्रदेश तेक्वान्दो संघले पाएको छ । त्यस्तै कान्तिपुर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियार छैटौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेल पत्रकार घोषित भएका छन् । संघले उत्कृष्ट घोषित वर्ष खेलाडी, प्रशिक्षक संघलाई ३५÷३५ हजारका दरले नगद राशि प्रदान गरेको थियो । मञ्चले खेल पत्रकार विनोद लामिछानेको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको थियो । खेलाडी मञ्चको यस कार्यलाई सबैले प्रशंसा गरेका छन् । वर्ष खेलाडी छान्ने प्रथाले खेलाडीमा एक किसिमको प्रतिस्पर्धाको भावना आउने र खेलप्रति अरु समर्पित हुने अवसर दिएको खेल समीक्षकहरुले बताउने गरेका छन् । छैटौं पटकसम्म पनि लगातार उत्कृष्ट वर्ष खेलाडी घोषणा गरेर संघले सकारात्मक प्रयास गरेको छ । यसको निरन्तरताका लागि हामी जोड दिन चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१