पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले विभिन्न माग राख्दै पोखरामा हस्ताक्षर संकलन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोध, भ्रष्टाचार न्यूनिकरण र अमेरिकासँग हुन लागेको एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) सम्झौताको विरोधमा पार्टीले हस्ताक्षर संकलन अभियान चलाएको हो । पोखरामा भएको यो अभियानका क्रममा करिब १६ हजार जनाले हस्ताक्षर गरेको पार्टीको दाबी छ ।
पोखराको अमरसिंहचोक, चिप्लेढुंगा र पृथ्वीचोकमा दुई दिन लगाएर हस्ताक्षर संकलन गरेको राप्रपपा कास्कीका अध्यक्ष नारायण गुरुङले बताए । साथै हस्ताक्षरको क्रममा हालै गण्डकी प्रदेश सरकारले बढाएको सवारी करको पनि विरोध गरिएको उनले जनाए । विभिन्न स्थानबाट दुई दिन लगाएर संकलन भएको हस्ताक्षर बिहीबार पार्टीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुझाएको छ ।
हस्ताक्षर सहितको ज्ञापन पत्र ग्रहण गर्दै लोकतन्त्रको सुन्दर पक्ष नै शान्तिपूर्ण विरोध र सुझाव रहेको बताए । नागरिकको हितलाई ख्याल गर्दै राप्रपाले बुझाएको ज्ञापनपत्रमा उल्लेखित बुँदामध्ये प्रदेश सरकारसँग जोडिएका विषयमा आफूले सम्बोधन गर्ने र बाँकी विषय प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाए ।
राप्रपाले तत्काल आफ्ना मागहरु पूरा गर्न सरकारसमक्ष आग्रह गरेको छ । ‘सरकारले जनतालाई सुविधा दिनुको साटो उल्टोे बोझ थप्ने काम गरेको छ । जुन कुरा व्यावहारिक छ्रैन । यस्ता जनतामारा निर्णयहरुको राप्रपा सँधै विरोध गरिरहन्छ,’ राप्रपा कास्कीका अध्यक्ष गुरुङले भने ।
राप्रपा कास्कीले यसअगाडि पनि शान्तिपूर्र्ण रुपमा महंगी र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेको छ । ‘हामीले अहिलेसम्म जनताको सवाल र अधिकारको विषयमा शान्तिपूर्ण आवाज निरन्तर रुपमा उठाउँदै सरकारलाई खबरदारी गरिरहेका छौँ ।’ राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने,‘यद्यपि राज्यले हाम्रो मागको सम्बोधन गर्नेतर्फ उति सारो ध्यान दिइरहेको छैन ।’ राज्यले आफूहरुको मागलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिए आन्दोलनले फरक रुप लिन सक्ने पार्टीले जनाएको छ ।
सरकारले जनतामारा काम गरिरहने र आफूहरुको माग सम्बोधन नगर्ने हो भने आन्दोलनमा बल प्रयोग हुन सक्ने पार्टीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१