पोखरा । अफ्रिकी क्लब एभिनियर ‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप–२०७९’ को सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अन्तिम क्वाटरफाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ४–१ को फराकिलो गोलअन्तरले हराउँदै एभिनियरले सेमिफाइनलमा चर्च ब्वाइजसँगको भेट पक्का गरेको छ ।
एभिनियरको जीतमा विल्लेले २ तथा फ्रेडेरिक र सेमसेमले १/१ गोल गरे । एपिएफका लागि सविन गुरुङले सान्त्वना गोल फर्काए ।
सुरुआति समयबाटै आक्रामक खेल पस्केको एभिनियरले पहिलो हाफमा एपिएफको पोस्ट व्यस्त राखेको थियो । १० औं मिनेटमा एभिनियरका अबदेलको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । १७ औं मिनेटमा साङले करिब ७५ यार्डबाट गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो । २० औं मिनेटमा एपिएफका प्रदीप लामाले अनमार्कमा रहेका रवि थिङलाई दिएको उत्कृष्ट पासमा एभिनियरका गोलरक्षक एवं कप्तान कोभासीले चलाखीपूर्ण तरिकाले डाइभ गर्दै गोल हुनबाट जोगाए । २२ औं मिनेटमा एबोडसनको पासमा जाजाको हेडर एपिएफका गोलरक्षक विशाल गुरुङले पञ्च गर्दै बचाउ गरे ।
गिनीको स्थानमा मैदान छिरेका सामेसामेले २७ औं मिनेटमा गोल गर्दै एभिनियरलाई अग्रता दिलाए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।
आज पहिलो सेमिफाइनलअन्तर्गत आयोजक हेमजा युनाइटेड र खुमलटारबीच प्रतिस्पर्धा हुने
दोस्रो हाफमा डिफेण्डर मानबहादुर राना दोहोरो पहेंलो कार्ड बेहोर्र्दै बाहिरिएपछि एपिएफ १० खेलाडीमा सीमित भएको थियो । ८६ औं मिनेटमा एभिनियरका परिवर्तित खेलाडी विल्लेले गोल गर्दै अग्रता तेब्बर पार्दा जीत नजिक पुगेको थियो । उनले ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जीत सुनिश्चित पारे । एपिएफका लागि सविन गुरुङले ९४ औं मिनेटमा एकमात्रै गोल फर्काए । खेलमा एनिनियरका खेलाडी बिल्ले म्यान अफ दि म्याच समेत घोषित हुँदै ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले गोलरक्षकको कमजोरीले हार व्यहोरेको प्रतिक्रिया दिए । उनले पहिलो गोल किपरको गल्तीले हुँदा खेलमा असर गरेको सुनाए । सेट टिममा ५ जना खेलाडी नहुनु अर्को हारको कारण रहेका उनको भनाइ छ ।
एभिनियरका प्रशिक्षक आसिक थापाले खेलाडीले सोचेभन्दा पनि राम्रो खेल प्रदर्शनी गरेको प्रतिक्रिया दिए । उनले हिजोमात्रै अन्यत्र खेल खेलेर आएको हुँदा पनि थकाइ बिट मार्दै नतिजा निकाल्नु सामान्य कुरा नरहेको सुनाए ।
बुधबारदेखि सेमिफाइनलको खेल सुरु हुनेछ । पहिलो सेमिफाइनलमा आयोजक हेमजा युनाइटेड र खुमलटारबीच हुनेछ भने बिहीबार दोस्रो सेमिफाइनल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुने आयोजकले जनाएको छ ।
असार ४ देखि सुरु प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार तथा उत्कृष्ट डिफेन्डर, फिडफिल्डर, फरबार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । फाइनल असार ११ असारमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१