सरकारले जेठ १ बाट सुरु थालनी गरेको आइतबार बिदा खारेज गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले असारदेखि लागु हुने गरी उक्त बिदा खारेज गरेको हो । यसअघि वैशाख २६ गते मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै जेठ महिनादेखि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । हप्ताको दुई दिन बिदा दिने र कार्यालयमा काम गर्ने समय बढाएर कार्यालयको समय मिलाएको थियो । सरकारले त्यो निर्णय परीक्षणको लागि गरिएको भनी पहिले नै भनेको थियो । परीक्षणकालमा सरकारको त्यो निर्णय कार्यान्वयन हुन सकेन र सरकारले आफ्नो निर्णय फिर्ता लियो ।
हप्ताको २ दिन बिदाले नयाँ हावा चलेको थियो । पर्यटन व्यवसायीले त्यसको तुरुन्त स्वागत गरेको थियो । व्यवसायीकाअनुसार दुई दिन लगातार बिदा भएपछि पर्यटन गर्नेहरुको संख्या बढ्ने र पर्यटकहरुको संख्या बढेअनुसार आफ्नो व्यवसाय बढ्ने तिनीहरुको सोच थियो । तर सरकारको पछिल्लो निर्णयले तिनीहरुको सोच थियो । तर सरकारको पछिल्लो निर्णयले तिनीहरुको सपनालाई सपनामै सीमित गरिदियो । केही शिक्षण संस्थाहरुले भने त्यसको विरोध गरेका थिए । तिनीहरुले हप्ताको दुई दिन बिदा गरेर विद्यार्थीहरुको पढाइ पूरा गर्न नसकिने जनाएका थिए । तिनीहरुले त्यो निर्णयको एकदिन पनि कार्यान्वयन गरेनन् । स्थानीय तहका धेरै कार्यालयहरुले पनि सरकारको निर्णयलाई साथ र समर्थन गरेनन् । तिनीहरुले मात्र होइनन् । यत्तिसम्म कि सरकारमा बसेका राजनीतिक व्यक्तिहरु र सरकारका कर्मचारीहरुले समेत भित्र मनबाट त्यो निर्णय लागु होस् भन्ने चाहेको देखिएन । तिनीहरुले बिदाको निर्णयको अवज्ञा गरेको देखियो । त्यो नयाँ कुरा भएकोले त्यसले धेरैलाई अप्ठेरो पारेको थियो ।
सरकारले पनि त्यो निर्णय कुनै तयारी बिना नै ल्याएको थियो । २ दिन लगातार बिदाको संसारको अनुभव कस्तो छ, त्यतातिर पनि कसैको ध्यान गएको देखिएन । कोही त सुरुदेखि नै यसको विरोधमा रहे । फेरि आइतबार र शनिबार २ दिन लगातार बिदा दिने कुरा नेपालमा दोस्रो पटक लागु गरिएको हो । यसअघि पनि लागु गर्न खोजिएको थियो, कार्यान्वयन भएन । विगतमा जत्ति पनि यसपटक सरकारको निर्णयलाई कार्यान्वयन गर्ने प्रयास गरिएन । सुरुदेखि नै हुँदैन भन्ने भएपछि जताततै हँुदैन–हँुदैन भन्ने सन्देश प्रवाहित भयो । अर्काे शब्दमा भन्ने हो भने सरकारमा बस्नेहरुले नै यसको कार्यान्वयनमा ध्यान दिएनन् । बिना तयारी कुनै कुरा ल्याउँदा त्यसको हालत के हुन्छ भन्ने कुरा यसले देखाएको छ । सरकारमा बस्नेहरुले यस्तो कुरामा बढी ख्याल राख्नुपर्दछ । त्यो जे भए पनि सरकारले जनभावना बुझेर आफ्नो निर्णय छिटो फिर्ता लिएको छ । यो राम्रो कुरा मान्नुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१