शुभकामना गोल्डकप असार ४ देखि

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७९
shubhakamana cup

पोखरा । छैटौं अन्तर्राष्ट्रिय शुभकामना कप असार ४ देखि हुने भएको छ । कोरोना भाइरससँगै स्थानीय तह निर्वाचनका कारण रोकिएको सो प्रतियोगिता हेमजा युनाइटेड क्लबले असार ४ देखि संचालन गर्ने गरी नयाँ मिति सार्वजनिक गरेको हो ।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल उद्देश्य साथ सो प्रतियोगिता गौरीशंकर खेल मैदानमा हुने क्लब अध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए । ‘प्रतियोगिता असार ४ देखि ११ सम्म गौरी शंकर खेलमैदानमा हुँदैछ,’ उनले भने, ‘खेलकुदको माध्यमबाट युवालाई एकता भाइचारा सम्बन्ध बढाउँदै सिर्जनात्मक तथा रचनात्मक काममा अगाडि बढाउने र एकेडेमी संचालन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।’ प्रतियोगिताले स्थानीयस्तरमा नयाँ खेलाडी उत्पादन गर्नेदेखि मैदान स्तरोन्नतिसम्मका काममा सहयोग हुने आयोजकको विश्वास छ ।

८ टिमले भाग लिने प्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्ने छन्

विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक इन्द्रप्रसाद त्रिपाठीले बताए । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरबार्ड र प्रशिक्षकले समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार तथा अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक त्रिपाठीले जानकारी दिए ।

प्रतियोगितामा ए डिभिजन र आयोजकसहित ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा ६३ लाख ५० हजार आम्दानी तथा ६१ लाख ६८ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको अर्थ संकलन उपसमिति संयोजक जगत थापाले जानकारी दिए ।

क्लबले आगामी दिनमा समेत प्रतियोगितालाई निरन्तरता दिने, खेलमैदानमा प्यारापिट निर्माणमा पहल गर्ने, विभिन्न खेलकुदलाई विद्यालयमा जोड्न समन्वयकारी भूमिका खेल्ने योजना रहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै