केही महिना पहिले राजनीतिक पार्टीहरुका अधिवेशन र महाधिवेशन भएका थिए । ती अधिवेशन महाधिवेशनअन्तर्गत भएका चुनावमा युवाहरु खुब आकर्षित भएका थिए । राजनीतिमा उनीहरुको आकर्षणलाई एउटा सकारात्मक लक्षणको रुपमा लिइएको थियो । पुरानो पुस्ताले गर्दा सरकार सधैं अस्थिर भएको, अस्थिर भएका कारण देश विकास हुन नसकेको आदि इत्यादि कारणले मानिसहरुको ध्यान युवा पुस्तामा गएको सर्वविदित छ । तर स्थानीय तहको चुनावमा युवाहरु के–कति आउँछन्, त्यो निश्चय थिए । अहिले उम्मेदवारहरु सूची प्रकाशित भएपछि प्रष्ट भयो कि ४१ प्रतिशतलाई पनि अन्यथा सम्झनु हुँदैन ।
स्थानीय चुनावमा ४१ प्रतिशत उम्मेदवार भएकामध्ये कतिले जितेर आउँछन्, त्यो प्रतीक्षाको विषय हो । तैपनि यो निश्चय छ कि अधिकांश युवाहरुले विजयको माला पहिरिने छन् । जति धेरै युवाहरुले स्थानीय पालिकाहरुमा प्रवेश पाउँछन्, उति धेरै पुरानाहरु विस्थापित हुने हुन् । युवाहरुमा काम गर्ने उत्साह हुन्छ, उमंग हुन्छ । उनीहरु आँटिला हुन्छन्, स्वच्छ छविका हुन्छन् । केही गरौं भनने भावनाका हुन्छन् । अझ सबभन्दा देशलाई चाहिने अहिले इमानदारिता हो । त्यो इमानदारिता युवाहरुका हुन्छ । हाम्रो देश बिग्रेको भ्रष्टाचारले हो । भ्रष्टाचारमुक्त हुनु अहिलेको आवश्यकता हो । युवाहरुले यो कुरालाई मूल मन्त्रको रुपमा सम्झनु पर्दछ ।
२०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि देशको द्रुत्तर गतिलो विकास हुन्छ भनेर सोचिएको थियो तर भएन । त्यसबेला राजतन्त्र विकासको अवरोधको रुपमा रहेकोले त्यसलाई हटाउनुपर्छ भनियो । जनताले त्यो कुरा पनि माने । राजतन्त्रको अन्त्य भई गणतन्त्र आयो । नयाँ संविधान पनि बन्यो । तर कुनै नेताहरुमा दूरदर्शिता देखिएन । उनीहरु स्वार्थमा डुबे । आफ्नो हितका लागि काम गर्न थाले । उनीहरुको रहन–सहन फेरियो । जीवनस्तर बद्लियो । हेर्दाहेर्दै उनीहरु सम्भ्रान्त परिवारमा गनिन पुगे । हिजो नारायणहिटी एउटा दरबार थियो भने आज काठमाडौंमा धेरै दरबारहरु बने । स्वार्थका कारण एउटा पार्टी पनि पटकपटक टुटफुट भए । विभाजित भए । कुनै सरकार ५ वर्ष टिकेन । यत्तिसम्म कि बहुमत प्राप्त पार्टी पनि ५ वर्ष टिकेन । ती सबै कारणले गर्दा जनताले युवा पुस्तालाई खोजेका हुन् । युवाहरुले उम्मेदवारी त दिएका छन् तर निर्वाचनमा के–कति जितेर आउँछन्, त्यो भने हेर्न बाँकी छ । त्यसको लागि वैशाख ३० गतेसम्म प्रतीक्षा गर्नुपर्नेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१